arrow

पद लोलुपताले पार्टी अप्ठ्यारोमाः नेत्री कोइराला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1166314479.jpeg
पथरी(मोरङ) । सभासद् एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एमालेसँगको सहमति तोड्नु नेपाली काँग्रेसको इतिहासमै अक्षम्य भुलका रुपमा रहने बताएकी छन् ।
मोरङको राजघाटमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन नभएसम्म सहमति तोड्न नहुने बताईन् ।

संविधानलाई मूलधारमा ल्याएरमात्र पक्ष प्रतिपक्षको राजनीति गर्नुपर्ने धारणा राख्दै उहाँले मिलेर संविधानको कार्यान्वयमा लाग्ने बेला एमालेसँगको सहमति गलत समयमा तोडिएको उल्लेख गरिन् । गठबन्धन तोडेकै कारण मुलुक गहिरो सङ्कटमा पुगेको भन्दै नेत्री कोइरालाले तीन शीर्ष नेताले अब सल्लाहकार भएर बस्नुपर्ने बताईन् । 

पद लोलुपताले नै पार्टीसमेत अप्ठ्यारोमा परेको कोइरालाको भनाइ थियो । पटक पटक पार्टीको महाधिवेशन सारेर नेतृत्वले कार्यकर्तालाई समेत धोका दिएको नेत्री कोइरालाको आरोप थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ