बाजुरा । घरमा कोही नभएको अवस्थामा गाईवस्तु बाँध्ने गोठमा लिगेर जवरजस्ती करणी गरेर फरार अमर बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । जवर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले धामीलाई पक्राउ गरेको हो ।
प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिकामा रहेको वडा नम्बर ४ गुदुखातीका १८ वर्षीया धामीलाई नाबालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ पेरको बेला ठिक पाँच बजेतिर आरोपी अमर बहादुर धामिले वडा नम्मर ४ कै नरबहादुर धामीकी ११ वर्षीया नाबालिका छोरीलाई घरमा कोही नभएको अवस्थामा गाईवस्तु बाँध्ने गोठमा लिएर जवर्जस्ती करणी गरेर फरार भएको उनका बुवाले बतएका छन् ।
नाबालिकाका बुवाले उक्त घटना बारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आरोपी धामीको खोजी सुरु गरेको थियो । जवर्जस्ती करणी गरेर फरार रहेको अवस्थामा प्रहरीले खोजी गर्दा राती करिब ११ बजेको समयमा सोही वडाकै भगाड भन्ने ठाउंमा लुकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।
जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अमरबहादुर धामीलाई जवर्जस्ती करणी मुद्धा अन्तरगत कारवाही गराईने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको । पक्राउ परेका धामी जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा रहेका छन् ।
कार्तिकदेखि हाल सम्म बाजुरामा ७ ओटा जवर्जस्ती करणीका मुद्धा दर्ता भएका छन् । ति मध्य कुनै पनी जवर्जस्ती करणीका अपराधीहरु फरार नभएको र सवै अपराधीलाइ लाई प्रकाउ गरेर मुद्धा अगाडी बढाईरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएको छ ।