arrow

कम्युनिष्ट नाता जोड्दै जुनियर कर्मचारी जोशीले हत्याए मालदार ठाउँ

मन्त्री पद्मा अर्यालको पाँडे पजनीले कर्मचारी हैरान

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
napi-bibhag.jpg

काठमाडौं । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयमा सर्भे समुह अन्तर्गत सहसचिव पदमा ७ दरवन्दी छ । ७ सहसचिवमध्ये गणेश भट्ट वरियातामा सवैभन्दा वरिष्ठ हुन् । तर उनलाई वरियताको सातौ दरवन्दीमा  धुलीखेलस्थित तालिम केन्द्रमा सरुवा गरियो । दोश्रो वरियतामा रहेका जनक जोशीलाई मन्त्रालयमै राखियो । तर तेश्रो वरियतामा रहेका प्रकाश जोशीलाई नापी विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।  

सुदूर पश्चिमका जोशी अहिले अहिले कम्युनिष्ट भएको दावी गर्छन । कम्युनिष्टको सम्बन्ध जोड्दै उनले भूमि व्यवस्था मन्त्रीसँग आफ्नो पहुँच राम्रो बनाएका छन् । कांग्रेस भनेर चिनिएका भट्टलाई ठाडो अपमान गर्दै भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले तालिम केन्द्रमा पठाइन् ।

यसअघि तालिम केन्द्रमा चौथो वरियताकी करुणा केसी थिइन् । हाल उनलाई नापी विभागको उपमहानिर्देशक बनाइएको छ । भट्टलाई यसरी अपमान गरियो कि, चौथौ वरियताको ठाउँमा पहिलो वरियताको कर्मचारीलाई सरुवा गरिएको छ ।

स्रोत भन्छ, मन्त्रीले अमिन सरुवा गर्दा समेत भट्टलाई सरुवाको सूचि बुझाउन थालिन् । अमिन सरुवा गर्ने काम मन्त्रीको होइन भन्दै भट्टले प्रतिवाद गरे पछि भट्ट र मन्त्रीको सम्बन्ध विग्रेको हो । त्यसमा पनि भट्ट कांग्रेस निकट मान्छे भन्दै मन्त्री सूरु देखि नै भट्टसँग चिढिएकी थिइन् ।

यसको फाइदा उठाए प्रकाश जोशीले । उनले तुरुन्त रंग फेरे । रातारात कम्युनिष्ट भए । कम्युनिष्ट निकटहरुसँग सम्बन्ध बढाए । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला भने जोशी खाटी कांग्रेस थिए । देउवासँग सुदूर पश्चिमको नाता जोड्दै उनी भूउपयोग महाशाखा (हाल स्थलरुप नापी महाशाखा)मा पुगेका थिए । स्थलरुप महाशामा जाने नापी समुहका कर्मचारी मरिहत्ते गर्छन् । यो नापी विभागको आकर्षक कार्यालय मानिन्छ ।

मन्त्रीसँग निकट सम्बन्ध देखाउन जोशीले वैशाख २८ गते मन्त्री र उनको सचिवालयको जम्बो टोलीलाई सगरमाथाको वेस क्याम्प घुमाएका छन् ।  मन्त्री र मन्त्रीको टोलीलाई वेस क्याम्प घुमाउन उनले नेपाली सेनाको एउटा हेलीकप्टर सहित ३ वटा हेलीकप्टर भाडामा लिएका थिए ।

जवकि, सगरमाथा वेस क्याम्पमा मन्त्री पुग्नु पर्ने कुनै काम थिएन । सगरमाथा मापन गर्न जाने कर्मचारीलाई डेढ महिना अघि नै प्रधानमन्त्री केपी ओलीले बालुबटारबाट विदाइ गरेका थिए । सगरमाथा मापनको सुरुवात भट्टको पालामा भएको थियो । तर भट्ट एक पटक पनि वेस क्याम्प पुगेनन् । जोशी भने महानिर्देशक भए लगत्तै मन्त्रीको टोलीलाई लिएर वेस क्याम्प पुगे । जहाँ करिब ४५ लाख राज्यको स्वाहा भएको छ ।

सगरमाथा मापन गर्न चुचुरोमा  कर्मचारीलाई स्वागत गर्न शुक्रबार मन्त्रालयमा गरिएको स्वागत कार्यक्रममा जोशीले मन्त्री अर्यालको अस्वाभाविक गुनगान गएका थिए । मन्त्रीको चाहनामा सगरमाथा मापनको काम सफल भएको भन्दै सगरमाथा मापनमा जाने कर्मचारीलाई छायाँमा पारेका थिए । जवकि, यस काममा सुशील डंगोलले धेरै ठूलो योगदान छ । डंगोललाई समेत जोशीले छायाँमा  पारेका थिए ।

मन्त्रालय स्रोत भन्छ, नापी विभागमा जान मन्त्रालयका सहसचिव जनक जोशीले पनि चाहना राखेका थिए । उनको चाहना स्वभाविक पनि थियो । भट्टलाई नापी विभागबाट अन्य कार्यालयमा सुरुवा गर्नु पर्ने भए भट्टको ठाउँमा जनकलाई ल्याउनु पर्ने थियो । यो स्वभाविक प्रक्रिया पनि  थियो । त्यसैले आफू नापी विभागमा जानेमा जनक जोशी ढुक्क थिए तर राताराता पासा पल्टाए प्रकाश जोशीले । मन्त्रालयका एक उच्च कर्मचारी भन्छन, मन्त्री अर्यालले एकै पटक दुइ उच्च कर्मचारी गणेश भट्ट र जनक जोशीलाई अपमान गरिन् । जनक जोशीले मन्त्रालयमा प्रवक्ताको पनि जिम्मेवारी लिएका छन् ।

यसैगरी मन्त्री अर्यालले काठमाडौका मालपोत र नापी कार्यालयका प्रमुख सरुवा गर्दा पनि अस्वभाविक हर्कत देखाइएकी छन्  । यसमा पहुँच र आर्थिक लेनदनले प्राथमिकता पाएका मन्त्रालयकै कर्मचारीहरु बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ