arrow

सुकेधारा विस्फोटमा मारिएकाको शव पोष्टमार्टमको लागि लगियो

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार

काठमाडौं । सुकेधारा विस्फोटको घटनास्थलमा मारिएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । यसअघि उपचारका लागि अस्पताल लगिदै गर्दा बाटैमा निधन भएका एकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

आइतबार दिउँसो ४ बजे तिर काठमाडौं क्षेत्र नम्बर ४ स्थित सुकेधाराको ढलाने पुल नजिकै एक शैलुनमा अज्ञात बस्तु पड्कदा दुई जनाको मृत्यु भएको थियो ।

घटनामा ५ जना घाइते भएका छन् ।  घाइते पाँच जनाको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका घाइतेको  त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था नाजुक रहेको छ । प्रहरीले पड्किएको बस्तु बम हो या सिलिण्डर अनुसन्‍धान भै रहेको जनाएको छ ।

उद्दारमा संलग्न जीवन खतिवडाका अनुसार स्थानीय घटनास्थलमा आइपुग्दा बारुदको गन्ध आइरहेको थियो । विस्फोटस्थलमा पुग्दा घाइतेहरु छटपटाइ रहेका थिए । उनले चिनेका स्थानीय तथा घाइते हरी खड्कासहितलाई ओम अस्पताल उनकै पहलमा पुर्‍याइएको थियो ।

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको अघिल्लो दिन राजधानीमा ज्यान लिने गरि भएको विस्फोटले सबै सुरक्षा निकायलाई गम्भीर बनाएको छ ।

घटनास्थलमा परिचालित  ठुलो संख्याका नेपाली सेना, सशस्त्र, सिआइबी र प्रहरीको टोलीको उपस्थितिले समेत घटनाको संवेदनशिलता देखिएको हो । घटना लगतै प्राप्त विवरणमा ग्यास सिलिण्डर पड्किएको बताइएपनि घटनास्थलको प्रकृतिले अलग बयान गरेको प्रहरी स्रोतले जनाएको छ ।   

शैलुनको पछाडि भागमा रहेको कोठामा भेटिएका शंकास्पद बस्तुहरु सिलिण्डर, प्रेसर कुकर, बारुद र अन्य विद्युतिय सामग्रीले प्रहरी विस्फोटको घटनालाई विभिन्न कोणबाट अनुसन्धान गर्नुपर्ने स्थीतिमा पुगेको छ । प्रहरी स्रोतका अनुसार  घटनास्थलमा प्रेसर कुकर बम पड्किएको हुनसक्ने बताइएको छ । प्रहरीले विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट सामग्री विस्फोट भएको आशंका समेत गरेको छ ।

घटनास्थल नजिकै वेवारिसे अवस्थामा फेला परेको बा २९ प ८५९९ नम्बरको मोटरसाइकल समेत प्रहरीको अनुसन्धानको बिषय भएको छ ।  मोटरसाइकल र विस्फोटमा परेकाहरुको कनेक्शनसमेतलाई प्रहरीले अनुसन्धानको बिषय बनाउने देखिएको छ ।  

सुकेधारा विस्फोटमा दुईको मृत्यु, घटनास्थलमा प्रहरीको घेरा (तस्विर)

सुकेधारा विस्फोटमा वेवारिसे मोटरसाइकलको कनेक्सन खोज्दै प्रहरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ