बम आतंकमा बोलेन, मिडिया बिधेयकमा सुनिरहेको छैन, सरकार खोई ?
#सरकारखोई
प्रकाशित २०७६ जेठ १३ सोमबार
555
Shares
काठमाडौं। देशको संघीय राजधानीमा आइतबार साँझ बम आतंकले देशलाई आतंकित बनायो। कामाडौंका शुकेधारा र अनामनगर क्षेत्रमा पड्केको बमले चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार चारैजना माओवादि कर्यकर्ताहरु थिए।
त्यो लगत्तै बिभिन्न ठाउँहरुमा बमहरु भेटिएको र सेना-प्रहरीको टोलीले निस्क्रिय बनाउनेमा लागिरह्यो। आइतवार साँझ बम आतंकले आतंकित बन्यो। घर बाहिर रहेका आफन्तहरुलाई चाँडो घर फर्किनका लागि परिवारका सदस्यहरुले तारन्तार फोन गरिरहेका थिए।
शहर आठ-साढे आठ बजे देखि नै सुनसान देखिन थालेको थियो।एक पटक पुरानो माओवादी कालमा राजधानीका बासिन्दाहरु पुगेका थिए। कुनबेला कहाँ बम पड्किने हो भन्ने मानसिक तनाउका साथ यात्रा गरिरहेकाहरु हिंडिरहेका थिए।
काठमाडौंमा पढ्न वा काम गर्न बसेका युवाहरुका अभिभावकहरुको पनि फोन तारन्तार बजिरहेको थियो। आफ्ना सन्तानको स्थिती के छ भन्ने जान्न हर् अभिभावक आतुर थिए। आफ्ना सन्तानहरु सुरक्षित भरहेको थाहा पाए पछि पनि जताभावी नहिड्नु भन्ने आग्रहहरु आईरहेका थिए।
काठमाडौं बसिरहेका अभिभावकहरु सोमबार आफ्ना सन्तानहरुलाई स्कुल पठाउने वा नपठाउने बारे गफ गरिरहेका थिए। यस्तोमा स्कुलले आफै बन्द रहने सुचना दिएर अभिभावकहरुलाई राहात दिएका थिए।
घट्ना भएको करिब १८-१९ घण्टामा पनि सराकरको आधिकारिक धारणा आएको छैन्। गृहमन्त्री मिडियाको नजिक पर्न चाहेनन्। सरकारका प्रवक्ताले पनि केहि भनेका छैनन्। सायद बिहिबारको पत्रकार सम्मेलनमा प्रवक्ताले केही भन्लान आइतबारको बम बिस्फोटका बारेमा ।
यसरी जनता देशभरी आत्तिईरहेका बेला राष्ट्रपतिको ‘मेरो सरकार’ बोल्न छाडेको छ। सरकारले म छु तपाईहरु नआत्तिनुस् भन्छ भन्ने आशमा रहेकाहरुलाई नबोलेर निराश बनाएको छ्। नबोल्ने सरकारले सुन्न र देख्न त छाडेको छैन होला भन्ने आशा धेरैको रहेको छ।
राषट्र्पतिको ‘मेरो सरकार’ ले बोल्न छाडेको छ तर बिभिन्न कानुन मार्फत शासन गर्नका लागि भने उ बोलिराछ तर सुनिराछैन। ‘मेरो सरकार’ आफ्नो अकुल ब्यवहार गर्न अभ्यस्त छ । उल्लाई आफु अनुकुल कानुन ल्याउनु परेमा उ बोल्छ तर सुन्दैन। प्रेस काउन्सिल बिधेयकमा उ बोलिरहेको छ तर मिडियाको कुरा सुनिरहेको छैन।
देश पुरै बमले आतंकित भयो तर उ बोलिरहेको छैन। सायद बमको आवाज सुनिरहेको होला । यसरी आफ्नो अनुकुल ब्यवदहार गर्दा राष्ट्रपति कै सराकर हो कि जस्तो लाग्नु स्वभाविक हो । बाँकी त सरकारले आफ्नो सत्ता कसरि टिकाउने आफै सोचोस्।