arrow

बन्दले सर्वसाधारणलाई सास्ती

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ जेठ १३ सोमबार
kanchanpur-banda1.jpg

पुनर्वास ।  विप्लव माओवादीद्वारा गरिको बन्दले कञ्चनपुरका ठुला साना बजार बन्द र यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन ।

विप्लव माओवादी द्वारा घोषणा गरिएको  बन्दका कारण  जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वासमा   समेत प्रभाव देखिएको छ ।

बिप्लब समुहद्वारा गरिएकोबन्दका कारण पुनर्वासमा शैक्षिक संस्थाको पठनपाठन ठप्प बनेको छ । बजार बन्द हुनुका साथै सार्वजनिक यातायात सेवा समेत नराम्ररी प्रभावित बन्न पुगेको छ ।

जिल्ला सदरमुकाममा समेत बन्दको  असर देखिएको छ  । जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा शैक्षिक संस्थान बन्द रहेका छन् । यद्यपि बन्दका कारण अप्रिय घटना नभए पनि विप्लव पक्षद्वारा घोषणा गरिएको बन्दले  सर्वसाधारणलाई सास्ती पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ