arrow

मधेशलाई माया गरेपनि मधेशले मलाई पत्याएन : भट्टराई

राज्यद्वारा मैथिली भाषामाथि सधै प्रहार भएको छ : उपेन्द्र

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ जेठ १३ सोमबार
baburam-and_Upendra.png

जनकपुरधाम ।  पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूलाई मधेशी जनताले नपत्याएको दु:खद व्यक्त गरेका छन् । आईतवार जनकपुरधाममा पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले  मधेशसँग आफुले माया गरेपनि मधेशले पत्याउन नसकेको बताएका हुन् ।

भट्टराईले  नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ढुलमुले चरित्रको रहेको आरोप लगए । ‘प्रचण्डजी ढुलमुले चरित्र बोकेर हिँड्नु भएको छ,’ भट्टराईले भने, ‘उहाँको ढुलमुले चरित्रकै कारण माओवादी पार्टीमा एकमत हुन नसक्दा अधुरो संविधान जारी भयो।’ भट्टराईले संविधानलाई पूर्णता दिन राज्य पूनर्संरचनाको स्वरुप परिवर्तन गर्नुको विकल्प नरहेको दाबी गरेका छन् ।
 
समृद्ध नेपालको सपनालाई साकार तुल्याउन वर्गीय, जातीय, लैङ्गिक विभेद, उत्पीडनको अन्त्य जरूरी रहेको डा. भट्टराइको भनाइ थियो । डा. भट्टराईले आफू प्रधानमन्त्री भएको बेला नेपाली कांग्रेस र एमालेले सङ्घीय संरचना आयोगले सिफारिस गरेको सङ्घीय संरचना कार्यान्वयन हुन नदिएको समेत आरोप लगाए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले  राज्यको बिभेदको कारण सम्वृद्धि र ऐतिहासिक पृष्ठभूमि समेत रहेको मिथिला र मैथिलीको यो दुर्दशा भएको बताएका छन ।

उपप्रधानमन्त्री समेत रहेका यादवले भने , 'राज्यद्वारा मैथिली भाषामाथि सधै प्रहार भएको छ ।' राज्यको नीतिको कड़ा विरोध गर्दै यादवले सभ्यतालाई समाप्त गर्नुछ भन्ने त्यसको भाषा र संस्क़ृति माथि पहिलो हमला हुने गरेको बताए । यादवले शाषकहरुले नेपालको संविधानमा पनि एउटै भाषालाई लिएर अगाडि बढेको आरोप लगाए।


 जनकपुरधाममा आयोजित अभुमुखीकरण कार्यक्रममा  वरिष्ठ नेता अशोक राई, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रदेश दुई  का मुख्य मन्त्री  मोहम्मद लालबाबू राउत लगायत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु समेत उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ