arrow

साथीलाई व्यवस्थापन गर्न गार्‍ह्रो

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
prachandas1.jpg

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतापछि आकाङ्क्षी धेरै रहेकाले व्यवस्थापन गर्न गार्‍ह्रो रहेको बताएका छन् । उनले विसं २००७ र विसं २०४६ को क्रान्तिभन्दा फरक मान्यताका आधारमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया रहेको जानकारी गराए ।

सामाजिक न्याय र आर्थिक विकासका पक्षमा राष्ट्रिय पूँजीको विकास गरेर समाजवादका निम्ति तयारी गरिरहेको बताउँदै अध्यक्ष दाहालले भने,  “विचारलाई नयाँ ढङ्गले संलेषण गर्नुपर्नेछ । राजनीतिक रणनीति र नारालाई अझै विकसित र परिमार्जन गर्नुपर्नेछ ।”
अहिले संसद्मा दर्ता भएका विधेयक छलफल भइरहेकाले नागरिक समाजमा चलेको बहसअनुसार ती विधेयकमा केही परिमार्जन गर्नुपर्ने भए प्रक्रियाअनुसार नै परिमार्जन गरी पारित हुने उनले बताए ।

 कतिपय मानिसलाई पार्टी एकता गरेर विचार छाड्छौं कि भनेजस्तो लागेको भए पनि त्यसो नहुने बताउँदै भने,  “विनाविचार पार्टी एकता गरिएको छैन । प्रष्ट वैचारिक मान्यता, सैद्धान्तिक निष्ठा र राजनीतिक कार्यदिशाको ‘ओरियन्टेशन’ सहित पार्टी एकता भएको हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ