arrow

मोदीको सपथ ग्रहणमा बिमस्टेक राष्ट्र/सरकार प्रमुखलाई बोलाउने तयारी 

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
modi-win.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहणमा विमिस्टेक राष्ट्र/सरकार प्रमुखहरुलाई निम्ता गरिएको छ । पहिलो कार्यकालमा सबै सार्क मुलुकका सरकार प्रमुखहरुलाई बोलाएर सपथ ग्रहण गरेका मोदीले यस पटक भने विमिस्टेक मुलुकका राष्ट्र/सरकार प्रमुखहरुलाई बोलाउन लागेका हुन् । उनले विमिस्टेक सहित सार्क मुलुक र रसियाका सरकार/राष्ट्रप्रमुखलाई बोलाउने इच्छा जनाएको भएपनि सो विषयमा निर्णय भने भइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

कूटनीतिक रुपमा नयाँ अभ्यास सुरु गर्दै मोदीले आफ्नो पहिलो कार्यकालमा सार्क मुलुकका सबै सरकार प्रमुखहरुलाई सपथग्रहणमा बोलाएका थिए । यसपल्ट उनले विमस्टेका राष्ट्र/सरकार प्रमुखलाई बोलाएका हुन्।

२३ मे मा सम्पन्न १७ औं लोकसभा चुनावमा एनडिएको ३५२ र भाजपा एक्लैले ३०३ मत ल्याएपछि एनडीए गठबन्धनले सरकार बनाउने निश्चित भएको हो । प्रधानमन्त्री मोदीले बिहीबार अर्थात् ३० मे का दिन सपथग्रहण गर्दैछन् । भूराजनीतिक सम्बन्धमा बढी प्राथमिकता दिने मोदीले यस पटक विमस्टेक मुलुकका प्रमुखलाई बोलाएका हुन् ।

भारतको अघुवाईमा सन् १९९७ मा स्थापना भएको विमिस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड रहेका छन् । जसमध्ये नेपाल र भुटानले भने २००४ मा मात्रै पूर्ण सदस्यता लिएका थिए । सुरुमा भने यसमा ५ वटा मुलुक मात्रै सदस्य थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ