'ओली र प्रचण्डले देशलाई द्वन्दमा फसाउन खोज्दैछन्, विप्लवलाई वार्तामा ल्याउनुपर्छ'
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ जेठ १३ सोमबार
304
Shares
बझाङ । नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले नेत्र बिक्रम चन्द्र ( विप्लव) नेतृत्वको नेकपा विप्लव समुहलाई सरकारले बार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस बझाङले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै नेता पौडेलले देशमा हिसांत्मक घटना दिन प्रतिदिन बढ्दै गएकाले विप्लव समुहलाई बार्तामा ल्याएर समस्या समाधान गर्न तर्फ सरकालाई ध्यान दिन सुझाव समेत दिएका हुन् ।
देश परिवर्तनका लागि गरेका सबै प्रयासहरु सफल भई सकेकाले देशमा बिकास र समृद्धिको यात्रा तय गर्नुपर्ने बेला देशमा अशान्ती भएकाले सरकारले यसमा सरकार गम्भिर भएर लाग्नु पर्नेमा समेत जोड दिए । नेता पौडेलले यो विप्लव कसरी जन्मियो , कहाँबाट जन्मियो र किन आएको यसका बारेमा आफुले पटक पटक नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डको ध्यान आर्कषण गरेको बताउदै उनिहरुले नै यसको समाधान गर्नुपर्ने बताए ।
नेता पौडेलले सरकारले विप्लव माओबादी प्रति नियन्त्रण गर्न प्रतिबन्दको कदम चालेर देशलाई द्वन्दमा फसाउन खोजेको आरोप समेत लगाए । आम सभालाई सम्बोधन गर्दै उनले हिसांको राजनिती त्यागेर सबैले शान्तीपूर्ण राजनितीमा आउन समेत आह्वान गरे । देशलाई र नगरिकहरु लाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउदै विप्लवलाई बार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भिर नभएको समेत बताए ।
उनले विप्लव समुहले पनि हतियार त्यागेर बार्तामा आउन समेत आग्रह गरे। नेता पौडेलले सरकारले विप्लवलाई बार्तामा ल्याउन खाजे आफुहरुमध्यस्तकर्ताको भुमिका निर्वाह गर्न तयार रहेको समेत बताए । अधिकाशं समय सरकारको बिरोधमा खर्चेका नेता पौडेलले बर्तमान सरकार अधिनायकबाद तर्फ उन्मुख भएको बताउदै देशमा अपराधिक क्रियाकलाप बढ्दै गएको,भ्रष्टाचार दिन प्रतिदिन मौलाई पनि सरकार मौन रहेको आरोप लगाए ।
उनलेसरकार आफै गैरजिम्मेवार काम गरि रहेको छ देशमा भएका बिभिन्न घटनाहरुलाई स्मरण गर्दै दुई तिहाईको सरकार छ के के नै गरौला भन्ने उनिहरुको सोच थियो र जनतालाई भ्रममा पारेर सरकार पूर्ण रुपमा असफल भएको समेत बताए ।
नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको अबसर पारेर गरिएको आम सभामा बोल्दै पौडेलले काँग्रेस भित्रको आन्तरिक गुबन्दी र मनमुटावलाई त्यागेर पार्टीलाई नयाँ शिराबाट लिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे। पार्टीमा आफुले हदै सम्मको लचकता समझदारी गरेको उल्लेख गर्दै नेता पौडेलले भने, 'मैले चाहेर मात्र पार्टी सोचे जस्तो नहुने भएकाले सहीलाई सही र गलत लाई गलत भन्ने संस्कृतीको बिकाश हुनुपर्छ ।'
कार्यक्रममा पुर्व राज्यमन्त्रीहरु अर्जुनजङ्ग बहादुर सिंह ,नरेश बहादुर सिंह , पुर्व मन्त्री तारणीदत्त चटौत, प्रतिनिधी सभा सदस्य प्रकाश रसाईली ,संबिधान सभा सदस्य चन्दा्र देशी जोशी , केन्द्रिय सदस्य रामकृष्ण यादब लगायतका नेताहरुको सहभागिता रहेको थियो ।