arrow

सरकारविरुद्ध नेविसंघ प्रदर्शनमा 

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मंगलबार बिहान प्रदर्शन गर्दैछ । 

ओली सरकार भ्रष्ट भएको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको कार्यक्रम संयोजक मोतिलाल भण्डारीले जानकारी दिएका छन् । 

उनले सरकार दिनानुदिन भ्रष्ट बन्दै गएको, महंगी बढाएको र नागरिकका न्यूनतम हक अधिकार पनि खोस्दै गएको भन्दै विरोधमा उत्रनु परेको बताएका छन् । 

पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट विरोध र्याली सुरु भई पद्मकन्या क्याम्पसमा पुगेर र्याली टुंगिने भण्डारीले बताए । 

बिहान ९ बजेदेखि र्याली सुरु हुने पनि उनले बताएका छन् । नेविसंघको महाधिवेशन पक्षधरले ओली सरकारविरुद्ध विभिन्न गतिविधि गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ