arrow

पार्टी घोषणापत्र अनुसार नै बजेट आउँछ – सुवास नेम्वाङ

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
subash-nembang3.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको घोषणापत्र अनुसार नै बजेट आउने बताएका छन् । 

उनले भने, ‘सरकारको दावीमा मेरो समर्थन छ कि हामीले जतिबेला सरकार संचालन गर्ने अवसर पाएका थियौं त्यतिबेला देश अस्तव्यस्त थियो । हामीले आधार तय गरेका छौं । सरकारको नीति तथा कार्यक्रमले त्यही भनेको छ । पार्टीको घोषणापत्र अनुसार नै बजेट आउँछ ।’

उनले नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण गर्दा पनि अर्थमन्त्रीले स्पष्ट पारेको भन्दै नेकपाको चुनावी घोषणापत्रलाई नै बजेटमा आधार गरिएको बताए ।  

अर्थात् यो भनाईबाट पनि बजेटले लोकप्रिय शब्दलाई नछोड्ने पक्का भएको छ । 

यसअघि गत वर्ष बजेट सार्वजनिक गर्दा वाम घोषणापत्रमा राखिएका केही एजेन्डालाई बेवास्ता गर्दा नेकपाभित्रै आलोचित बनेका अर्थमन्त्री डा युवराज खतिवडाले यसपटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने पक्का भएको छ । 

सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलव बृद्धि, केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रमहरु बजेटमा घोषणा गरिँदै छन् ।

अर्थविद्का रुपमा चिनिए पनि उनले गत वर्ष ल्याएको बजेटको ५६ प्रतिशतमात्र बजेट खर्च भएकाले व्यवहारमुखी बजेट ल्याउन नसकेको यथार्थ आइसकेको छ । अब पार्टीको घोषणापत्र अनुसार बजेट आएपछि त्यसले विकास र दीगोपन नल्याउने निश्चित प्रायः छ । 

बजेट बुधबार अपरान्ह ४ बजे अर्थमन्त्रीले संघीय संसदबाट सार्वजनिक गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ