ओखलढुंगा । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग ओखलढुंगाबासीले विकास र सुशासन मागेका छन् । ११ औं गणतन्त्र दिवसको अवसरमा प्रजातन्त्र स्थापनाका योद्धा क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिल्यान्यास गर्न चिशंखुगढी गाउपालिका आएका प्रचण्डसँग स्थानीयले विकास र सुशासन माग गरेका हुँन् ।
नेपालमा व्यवस्था फेरीएपनि नागरिकको अवस्था नफेरीएको भन्दै अवको राजनीति नेतृत्वले विकास समृद्धि र सुशासनमा जोड दिनुपर्ने स्थानीयले बताएका छन् । गणतन्त्र स्थापना भएको ११ बर्ष वितिसक्दा समेत नागरिकले स्थायि शान्ति विकास र सुशासनको अनुभूति गर्न नपाएको ओखलढुंगाबासीको गुनासो छ ।
गणतन्त्र दिवस मनाइ रहदा नेपालका नेताहरुले शहितको बाटो विर्सेर आफ्नो स्वार्थ पूर्तिका लागि लागिपरेको चिशंखुगढी गाउपालिकाका स्थानीय रविन कार्कीले बताए । शहितको रगले सिंचित ओखलढुंगाको विकास र सुशासनका लागि राजनीतिक दलहरु जिम्मेवार भएर लाग्नु पर्ने स्थानीय गोपालमान थापाको भनाइ छ । वर्तमान सरकारले नागरिकमा भ्रम सिर्जना गरेर जनतालाइ अलमलाइ राखेकोले आगामी दिनमा काममा आधारीत कुरा गरेर नागरिलाइ सुशासन विकास र समृद्धितर्फ डोर्याउन पूर्व सांसद रामहरी खतिवडाले सरकारलाई सुझाव दिए ।
त्यस्तै खानेपानीको समस्याका कारण ओखलढुंगाको चिशंखुगढी गाउपालिकाबासी नागरिकहरु बसाइ सर्नु पर्ने अवस्था आएको, सडकको अवस्था सुधार गर्न नसकिएको, विद्युतिकरण राम्रो व्यवस्था नभएको लगायतका विकासका कामहरुलाई पूर्णता दिन स्थानीयले प्रचण्डसँग माग गरे । त्यसैगरी रामेछाप मन्थली हुँदै साघुटार सिलौरीघाट खोटाङ र भोजपुर जोडिने सडकको नामा क्याप्टेन यज्ञबहादुर थापा मार्ग राखिनुपर्ने आफ्नो माग रहेको पूर्व सांसद खतिवडाले बताए ।
गाउपालिकाका प्रमुख निशान्त शर्माले दुधकोशी जलासय निर्माण, निशंखे चिशंखुगढी सडक कालोपत्रे, रुम्जाटार चिशंखुगढी सडक कालोपत्रे लगायतका विकासमा सहयोग गर्न प्रचण्ड सँग अनुरोध गरे ।
स्थानीयको अनुरोध पछि जवाफमा पूर्व प्रधानमन्त्री प्रचण्डले ओखलढुंगो जनताको खवर तात तातै सरकारसमक्ष लौजाने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माण र समृद्धिका लागि राजनीतिक दलहरु विच एकता छलफल संवाद र सहकार्य बाट मात्र सम्भव हुँने उनको तर्क छ । चिशंखुगढी गाउपालिकामा खानेपानीकै समस्याले गर्दा मानिसहरु बसाइसराइ गर्न थाले जानकारीले पाएकाले यसको समाधानका लागि गुणात्मक हिसावले सरकार र मन्त्रीहरुसँग संवाद गर्ने उनले बताए ।
त्यसैगरी चिशंखुगढीको मूख्य सडक कालोपत्रे गर्ने र शहिद परिवारलाई दश लाख दिने व्यवस्था अनुसार क्याप्टेन यज्ञ बहादुर थापाका परिवारलाई दश लाख उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने र साघुटार– सिलौरीघाट मूल सडकलाई क्या. यज्ञबहादुर थापा सडक नामाकरण गर्न पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । थापाको पूर्ण कदको शालिक निर्माणका लागि चिशंखुगढी गाउपालिकाबाट २५ लाख विनियोजन भएको शहिद क्या यज्ञबहादुर थाका प्रतिष्ठानका अध्यक्ष सन्तोष बाबु थापाले बताए ।
शालिक यही आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गरिने थापाको भनाइ छ । शालिक शिल्यान्यास कार्यक्रममा संघिय सांसद यज्ञराज सुनुवार पूर्व कानुन मन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा, प्रदेश सांसद मोहन खड्का पूर्व सांसद रामहरी खतिवडा, हर्कबोल राई, नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिपकुमार सुनुवार लगायतले लोकतन्त्र स्थापनाका लागि क्याप्टेन यज्ञबहादुर थापाले खेलेको भूमिकाको चर्चा गरेका थिए ।