काठमाडौं । सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्नका लागि प्रधानमन्त्री केपी ओलीले तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) को उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा बुधबार तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताए । एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्रीओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरे ।
राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी प्रधानमन्त्रीओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताए ।
एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशकामूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न,राष्ट्रिय गौरवकाविकास प्रणाली जडान गरी अनुगमन गर्न सहज हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।