arrow

यस्तो छ प्रधानमन्त्री ओलीको एक्सन रुमको काम

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार

काठमाडौं । सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्नका लागि प्रधानमन्त्री केपी ओलीले तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) को उद्घाटन गरेका छन् । 

प्रधानमन्त्री कार्यालयमा बुधबार तत्काल समस्या समाधानकक्ष (एक्सनरुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताए । एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्रीओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालनका  विविध पक्षमा संक्षिप्त कुराकानी गरे । 

राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी प्रधानमन्त्रीओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गरे  । प्रधानमन्त्रीओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताए । 

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशकामूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न,राष्ट्रिय गौरवकाविकास प्रणाली जडान गरी अनुगमन गर्न सहज हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ