arrow

खतराको घण्टी बजाउँदै मौसम, नेपालमा मौसमको त्रास किन ? 

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
weather.jpg

काठमाडौं । मुलुकभरको मौसम अहिले ठीक छैन । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानमा मेघगर्जन तथा हावाहुरीसहितको वर्षा हुने पूर्वानुमान गरेको छ । 

यसअनुसार आइतबारसम्म नै मौसम बिग्रने छ । शुक्रबार बिहानैदेखि मौसममा खरावी आएको छ । काठमाडौं उपत्यकामा फाटुफुट वर्षा भइरहेको छ भने घाम लागेको छैन । 

उपत्यका बाहिरको अधिकांश स्थलमा पनि बादल खुलेको छैन । महाशाखाका अनुसार दिउँसो पूर्वी र मध्य भूभाग लगायत र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

राति पनि मौसममा कुनै परिवर्तन नआउने महाशाखाले जनाएको छ । 

त्यस्तै शनिबार र आइतबारसमेत शुक्रबारको जस्तै मौसमले निरन्तरता पाइरहने महाशाखाको प्रक्षेपण छ । 

निरन्तर प्रक्रिया तर त्रास
पानी पर्नु सामान्य प्रक्रिया हो । तर हावाहुरीसहितको वर्षा भने जहिल्यै खतरा मानिन्छ । त्यसले जनधनको क्षति गरेको हुन्छ । 

चैतमा बारामा आएको चक्रवातपछि एकाएक मौसमप्रति सचेत हुनेको संख्या बढेको छ । अप्रत्याशित उक्त घटना नेपालमा यसअघि विरलै भएको पाइन्छ । 

त्यस्तै चक्रपात २०४४ सालमा काठमाडौंको दशरथ रंगशालामा आएको बताइन्छ । तर त्यो चक्रवात भन्दा बाराको चक्रवात कयौं गुणा फरक रहेको विश्लेषण मौसमविद्हरुले गरेका छन् । 

नेपालमा यसै पनि मौसमको स्थिति मापन गर्ने उपकरणको कमी छ । अन्य देशहरुमा जस्तो पूर्वानुमान गर्दा त्यसको असरसमेत ख्याल गर्न सकिँदैन । 

यसले गर्दा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीले मात्र सचेत भएर कुनै विधि अपनाउन सकिने अवस्था छैन । यदि त्यो मापन क्षमता भएको भए बाराको दुर्घटना रोक्न सकिने थियो होला । 

आकाशमा उडेका जहाज अवतरण गर्न नसकेर वा उडेको केही समयमै पुनः सोही ठाउँमा अवतरण गराउनु पर्ने अवस्था छ । 

यही मौसम पूर्वानुमान महाशाखाकै भरमा चल्नुपर्दासमेत उसलाई सक्षम र प्रविधियुक्त बनाउने सोचसम्म सरकारले नल्याउँदा हवाइ क्षेत्रमा मात्र हैन सडक दुर्घटनासमेत बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ