arrow

‘राष्ट्रवाद गीत होइन जनतालाई एकताको सूत्रमा बाँध्नु राष्ट्रवाद हो’ – गुरु घिमिरे 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ जेठ १९ आइतबार
gururaj-ghimire.jpg

पुनर्वास । मधेशमा नश्लवाद र पहाडमा समुदाय समुदायलाई लडाउनु राष्ट्रियता नभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताएका छन् । 

नेपाली काँग्रेसले थालेको राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार पुनर्वासमा आयोजित कार्यक्रममा बोल्दै नेता घिमिरेले भने ‘राष्ट्रवाद गीत होइन जनतालाई एकताको सूत्रमा बाँध्नु राष्ट्रवाद हो ।’ 

उनले भने ‘नेकपाले नारा बाहेक अरु केही दिएन । राष्ट्रियताका नाममा जनतालाई झुक्याउनु बाहेक अरु जानेन । नेपालमा नेकपा सरकार आए लगत्तै अपराध बढेको बढ्यै छ । सरकार शान्ति सुरक्षा बहाली गर्न असक्षम देखिएको छ ।’ 

नेता घिमिरेले अगाडि भने, ‘बालिका निर्मलाका हत्यारा अहिलेसम्म खोज्न सरकार चाहिरहेको छैन । बालुवाटार , बाइडबडी , सुनकाण्ड , एनसेल लगायतका दर्जनौं काण्डमा सरकार मुछिएको छ । अख्तियार जस्ता न्यायिक निकायले मुद्दा हेरिरहेको बेला प्रधानमन्त्री फलानोको यसमा संलग्नता छैन भन्दै हिडेर कानुनी राज्यको उपहास गरिरहेका छन ।’

उनले थपे, ‘छानबिन गरि दोषीलाई कार्वाहीमा ल्याउँछु भन्नुको साटो संलग्नता नै छैन भन्दै किन हिडेका छन् प्रधानमन्त्री ओली ?’ कार्यक्रममा बोल्दै नेता घिमिरेले भने ‘जनताले कर तिरेर जम्मा भएको ढुकुटी ओली वंशलाई बालुवाटारमा भोज खुवाउनलाई होइन तर नेकपाका सरकार प्रमुखले जनतालाई झुक्याउँदै छन्’ भने । 

कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता घिमिरेले भने ‘अब काँग्रेसले कार्यशैली नफेरेसम्म जनताको प्रिय बन्न सकिन्न तसर्थ आफ्नो कार्यशैली फेर्दै जनताका बीचमा जान अभियानमा काँग्रेस निस्केको हो ।’ उनले भने ‘प्रजातान्त्रिक पद्धतिमा जनताको हैसियत धेरै छ यो कुरा बुझ्न आबश्यक छ ।’
 
कार्यक्रमका विशिष्ठ अतिथिनेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले भने स्थानिय निकाय, प्रदेश र संघीय सरकारहरुले गरेका बेथितिहरुको भन्डाफोर गर्न कार्यकर्ताको सक्षम बनाउन अभियान थालिएको बताए  । 

उनले भने, ‘पार्टीमा कार्यकर्ताको कामको मुल्यांकन अनुसार न्याय दिने ब्यवस्था गरिएको छ । वर्तमान सरकारले गरेका अनियमितता र गलत कार्य रोक्न कार्यकर्ताको क्षमता विकास गर्दै जनता र कार्यकर्ताबीच जोडिन यो अभियान सफल बन्नेछ ।’

पुनर्वास नगर सभापति यमप्रसाद पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत उपसभापति तुलसी अर्यालले गरेका थिए भने संचालन सचीव लोकबहादुर कार्कीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ