arrow

वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्छ : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७६ जेठ १९ आइतबार
deuba-congress1.jpg

रुपन्देही । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देही शाखाले आइतबार भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा  सभापति देउवाले भने,' वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्छ ।'  

देउवाले प्रेस, न्यायालय र मानवअधिकारमाथिको हस्तक्षेप नेपाली कांग्रेसका लागि अमान्य हुने बताए । देउवाले भने, “यो सरकारले सबै ठाउँमा हस्तक्षेप गरिरहेको छ । स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको छ । यो कदापि मान्य हुँदैन ।”

सरकारका कामप्रति विरोध गर्दै उनले सरकारले ल्याएको बजेट कायकर्ता पालनपोषण गर्ने शैली भएको टिप्पणीसमेत गरे।



नयाँ