भ्रष्टाचार र अनियमितता रोक्न माग गर्दै विद्युतको कार्यालयमा कांग्रेसले गर्यो तालाबन्दी
किशोर तामाङ,
प्रकाशित २०७६ जेठ २० सोमबार
243
Shares
बेलौरी। अनियमितता र भ्रष्टाचार गरि सेवा प्रवाहमा जनतालाई सास्ती दिदै आएको भन्दै पश्चिम नेपालको कैलाली-कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी स्थित नेपाल विद्युत प्रधिकरणको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तालाबन्दी गरिएको छ।
नेपाली कांग्रेस क्षेत्रिय सभापति गोपी प्रसाद उपाध्यायको नेतृत्वमा सोमबार मध्यान्ह प्राधिकरणको कार्यालयमा पुगेका कांग्रेसका नेता–कार्यकर्ता लगायत स्थानीयहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बेलौरी बितरण केन्द्रका ईन्चार्ज सुनिलकुमार शाह प्रमुखका रुपमा आए लगत्तै विद्युत शाखामा मौलाएको अनियमित्ता, भ्रष्टाचार र घुस खाने प्रवृति बढ्दै गएको र शाहले गरेको लापरबाही र मनोमानीले गर्दा सर्वसाधारण जनताले सास्ती खेप्नु परे पछि तालाबन्दी गर्न बाध्य भएको नेपाली कांग्रेसले जनाएको छ।
कार्यलय प्रमुखका विरुद्ध दिनहु जनगुनासो आए पछि सो बिषय बारे सोधपुछ गर्दा झनै कार्यालयमै उपस्थित नभई दिने, सुनवाई नै नगरिदिने, नेपाल सरकारको कार्मचारी पार्टीको कार्यकर्ता जस्तो शैलीमा रवाफ देखाउने कार्य गर्दै गए पछि बाध्य भएर तालाबन्दी गरिएको बन्दाकर्ताले बताएका छन।
कार्यालयमा न्यून उपस्थिती ,सवारी साधनको दुरुपयोग, मिटर बितरणमा समेत कमिसन खाना खोज्ने, ट्रान्सफर्म र भोल्टेज थपमा पनि रकम माग गर्ने। सरकारी ट्रान्सफर्मर र पोल बितरणमा केही बिचौलियहरु सँग मिलेर जहाँ कमिसन मिल्छ उतै माथिको आदेश हो भनी पठाउने गरेको जनगनासोहरु पटक पटक आए पछि कमीकमजोरी सच्याउन पटकपटक आग्रह गर्दापनि झनझन लापरबाही बढ्दै गएकोले तालाबन्दी गर्नुपरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापती गोपी प्रसाद उपाध्ययले बताए।
बेलौरी शाखा कार्यालयको कामकाज ठप्पा नहुने किसिमले अन्दोलनको पहिलो चरणको रुपमा कार्यालय प्रमुखको कार्यकक्षमा मात्र ताला बन्दी गरिएको र यसलाई बेवास्ता गरेमा आफुहरु कडा भन्दा कडा अन्दोलन गर्न सक्ने चेतावनी दिएका छन। नेपाली कांग्रेसका बेलौरी नगर सभापती रामलाल रानाले तालाबन्दी गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए।
लाईन बिस्तार गर्नु पर्ने ठाँऊमा लाईन बिस्तार नगर्ने,जहाँ भोल्टेजको कमी छ त्यहाँ ट्रन्सफार्मर नपठाई केन्द्रबाट पठाएको भनी नेपाल सरकारको कर्मचारी आफ्ना ओहोदा बिर्सेर पार्टी कार्यकर्ता जस्तो ब्यवहार ,सेवाग्राहीसँग रुखो ब्यवहार र रवैया , कमिसन खाएर मात्र काम गर्ने, प्रविृति बढदै गए पछि नेपाली कंग्रेसले यस बिषयमा ध्यानअकार्षण गराएको हो।
नेपाल सरकारले दिएको तलबमा चित्त नबुझाई सर्वसाधारण जनतालाई दुःख दिने काम गर्नु भन्दा कार्यालय छोडेर अन्तै गए राम्रो हुने, यदि कार्यालय प्रमुख सुनिल कुमार शाहले आफ्नो बानी नसुधारे नेपाली कांग्रेस चुप नरहने पूर्वसभापती तथा महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह विष्टले चेतावनी दिए।
यस विषयमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बेलौरीका प्रमुख सुनिल कुमार शाह सँग बुझ्न खोज्दा उनी कार्यालयमा तीेन दिन देखी अनुपस्थित रहेको कार्यालयम उपस्थिित एक कर्मचारीले जानकारी गराए। तद्पश्चात फोन मार्फत कुरा बुझन् खोज्दा उनको फोन स्वीच अफ गरिएको पाइयो।
तालाबन्दी कार्यक्रममा नेपाली कांग्रेस पुनर्वासका नगरसभापति याम प्रसाद पौडेल,बेलौरी नगरपालिकाका नगर सभापाति रामलाल राना, नेपाली कांग्रेस बेलौरीका प्रत्यसी मेयरका उम्मेदवार हरेन्द्र सिङ विष्ट लगायत सयौको सख्यमा पार्टी कार्यकर्ता लगायत स्थानीयको उपस्थिति रहेको थियो।
वास्तवमै नेपाल बिद्य्त प्राधिकरणको चरम लपारवाही,भ्रष्टचारी र कमिसनतन्त्र मौलाएको हो भने यसको सत्य तथ्य बाहिर ल्याई यस्ता प्रविृतिको अन्त्य हुनैपर्छ। अधिकृत शाहले गरेको अनियमितता बारे समिति गठन गरि छानबिन हुन जरुरी छ। अनि मात्र सरकारले भनिए जस्तै सुखी नेपाल समृद्ध नेपालको हामी परिकल्पना गर्न सक्छौ। तसर्थ यस तर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ।