arrow

अफवाह फैलाउने ज्योतिष क्षेत्री पक्राउ, एक लाखसम्म हुनसक्छ सजाय

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
arrest.jpg.jpeg

काठमाडौं । नेपालमा जेठ महिनाभित्र ठूलो भूकम्प आउने भनेर अफवाह फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले गौशालाबाट पक्राउ गरी महानगरीय प्रहरी परिसरमा पठाएको छ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले विपत् सम्बन्धि जनमानसमा अफवाह फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार क्षेत्रीलाई बुधबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको छ । 

उनी सञ्चारमाध्यममा चर्चामा आउनकै लागि विभिन्न समयमा यस्ता विवादास्पद अभिव्यक्तिहरु दिँदै आउने गरेका छन् भने पटक पटक प्रहरीले उनलाई पक्राउ समेत गर्ने गरेको छ । प्रवक्ता बोगटीका अनुसार उनलाई प्रचलित कानून अनुसार १ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद सजाय हुनसक्ने बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ