arrow

किन लुकाइयो पशुपतिनाथको मूल ढुकुटीको विवरण ? 

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
pashupatinath-mandir.jpeg

काठमाडौँ । पशुपतिनाथ मन्दिरको दैनिक आय कति होला ? यत्ति नै भनेर पशुपति क्षेत्र विकास कोषले ठ्याक्कै भन्दैन । रोलक्रममा पुरोहितले बोराका बोरा पैसा लैजान्छन् भनी चर्चा परिचर्चा भइरहन्छ । 

एउटा रोलक्रममा पुग्ने पुरोहितले लैजाने रकम त त्यस्तो हुन्छ भने सदावहार त्यहीं भइरहनेको कमाई कति हुन्छ होला । उनीहरु कसरी त्यहाँको सम्पत्ति अपचलन गर्छन् होला । 

यही गोप्यगोप्य बीच पशुपतिनाथको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । 

दुई वर्षअघि गठित गुठी जग्गा अध्ययन एवं छानबिन समितिले चलअचल सम्पत्ति अध्ययन गरेपछि त्यसकै आधारमा पशुपतिनाथको सम्पत्ति विवरण सार्वजनिक भएको हो । 

अचल सम्पत्ति मूल ढुकुटी र बम्बे ढुकुटीमा छ । बम्बे ढुकुटीमा २०१९ देखि २०७५ सालसम्मको अभिलेख पाइएको समितिका संयोजक तथा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले जानकारी दिएका छन् । बम्बे ढुकुटीमा ९ किलो सुन र चाँदी ३ सय १६ किलो २३२ ग्राम छ । 

कोषले नगद मौज्दातबाट १ अर्ब २९ करोड रुपैयाँको अक्षय कोष खडा गरेको छ । त्यस्तै पशुपतिनाथ मन्दिरका नाममा १८ हजार ३ सय ४२ रोपनी जग्गा पत्ता लागेको छ ।

पशुपति गुठीअन्तर्गतका तीन कार्यालय र गुठी संस्थानका नाममा समेत रहेको जग्गाको विवरण हो यो । पशुपति गुठीअन्तर्गत अमालकोट कचहरी, जयबागेश्वरी भण्डार तहबिल र पशुपति भण्डार तहबिल गरी तीनवटा कार्यालय छन् । 

गुठी संस्थान अन्तर्गत १ सय ९५ गुठी छन् । ती गुठीका नाममा ११ हजार २ सय ६१ रोपनी जग्गा छ । गुठीको र पशुपति कोषअन्तर्गतको जग्गासमेत गरेर १८ हजार ३ सय ४२ रोपनी जग्गा पत्ता लागेको हो । 

तर यो प्रतिवेदन सबै थोक हैन । यति लामो इतिहास बोकेको पशुपतिनाथको खोज छोटो समयमा भयो भन्ने हुँदै हैन । यति जग्गा छ भन्नु र आफूसंग त्यसको प्रमाण हुनुमा ठूलो कुरा हो । 

त्यसो त गुठी संस्थानले नै प्रतिवेदन तयार गर्न सहयोग नगरेको समिति संयोजक थापाले बताएका छन् । 

पशुपतिनाथको मन्दिरको पहिलो पटक विवरण सार्वजनिक गरिए पनि मूल ढुकुटी नखोलिनुमा भने आशंका बढेको छ । २०६८ सालमै मूल ढुकुटी खोल्ने निर्णय भएको थियो । तर त्यो घटना अदालतमा पुग्यो र सर्वोच्च अदालतले रोकिदियो । 

हुनत त्यहाँ कतिको सम्पत्ति छ भन्ने यकिन छैन । तर जहाँ जहाँ यसरी खुलेका छन् त्यहाँको सम्पत्ति अपचलन भइरहेको छ । यो दुर्भाग्य टार्न पनि उक्त मूल ढुकुटी खोल्नका लागि विधिको शासन कुरिएको हो कि । 

अपूरो प्रतिवेदनलाई पूरो गराउन कहिले लाग्ला समिति ? के गुठीले नसघाउन मिल्ला ? यावत् प्रश्नबीच पशुपतिनाथ फेरि पनि जवाफ खोजिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ