संसदलाई सरकारले टेर्न छाडेपछि नेकपाकै सांसदले सभामुखसमक्ष राखे यस्तो प्रस्ताव
प्रकाशित २०७६ जेठ २३ बिहिबार
514
Shares
काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै नेकपा सांसद विरोध खतिवडाले संसदको शून्य समय शून्यमा नै विलीन भएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा नै बोल्नै सांसद खतिवडाले संसदमा बोलेको विषय सरकारले नसुनेको भन्दै संसदलाई शक्तिशाली बनाउन प्रस्ताव गरेका छन्।
उनले शून्य पनि एकको आड पायो भने १० गुणासम्म शक्तिशाली बन्ने भन्दै सभामुखले त्यो शून्यमा एकको साहारा दिएमा सांसदहरुले १० गुणा शक्ति थपेर सरकारलाई झक्झक्याउने उनको प्रस्ताव छ । उनले यो सरकारले सांसदले राखेको समस्या सरकारले सुन्ने समयको रुपमा हुनुपर्नेमा गल्तीबस अंकगणितको शून्य समय भएकोले सरकारले नसुनेको हो कि ? भन्दै सरकारप्रति उनले व्यङ्ग्य गरेका छन् ।
शुन्य समयमा माग गरेका कुनैपनि विषयहरु सरकारले सुनुवाई नगरेको प्रति सांसद खतिवडाको आक्रोश थियो । हरेक पटकको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा समेत केही समय एक सांसदलाई एक मिनेट समय दिने गरी शून्य समय छुट्टाईएको हुन्छ ।
त्यो समयमा आ-आफ्नो क्षेत्रको समस्या संसदमा सुनाएपछि सरकारले यसको सुनुवाई गर्नुपर्ने हो । तर, सरकार सभामुखले रुलिङ गरेको विषयमा समेत नसुन्ने गरी संसद भन्दा माथि भएपछि नेकपाकै सांसदले यस्तो प्रस्ताव गरेका हुन् ।