arrow

थाइल्याण्डका प्रधानमन्त्रीलाई ओलीको शुभकामना

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
thiland.jpeg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री प्रयुत चान ओ–चालाई शुक्रबार बधाई सन्देश पठाएका छन् ।

उनले आज दिएको शुभकामना सन्देशमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रवत् सम्बन्ध कायम रहेको बताउँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मित्रता र सहकार्य थप सुदृढ हुने समेत विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 प्रधानमन्त्री ओलीले थाइ प्रधानमन्त्री ओ–चाको सुस्वास्थ्य र सुखका साथै थाइ जनताको प्रगति र समृद्धिको कामनासमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ