arrow

घायल जटायुले किन केहि मागेनन् रामचन्द्रसँग ?

सच्चा भक्तीमा छ शक्ती

logo
रामायण,
प्रकाशित २०७६ जेठ २६ आइतबार
ram-jatayu.jpg

काठमाडौं ।  एक समय भगवान रामचन्द्र दण्डकारण्यमा माता सीताको खोजीमा हुनुहुन्थ्यो । माता सीतालाई खोज्दै जादा उहाँले घायल जटायुलाई देख्नुभयो  । भगवानले जटायुलाई सोध्नुभयो, 'तिम्रो दुर्दशा कसले गर्‍यो ?'

जटायुले भने,'भगवान यहाँबाट दशानन्द रावण गइरहेको थियो । उसँग एक अबला नारी थिइन् जो विलाप गरिरहेकी थिइन् । रावणले उनलाई जबर्जस्ती लादै थियो । मेलै सो नारी छुटाउनको लागि जब दशानन्द रावणसँग लडाइ गरे उसँग कडा संघर्ष गरे, तब मेरो हात खुट्टा काटियो तबदेखि म यहाँ घायल रहेको छुँ ।'

भगवान श्रीरामचन्द्रले बुझ्नुभयो यो मेरो प्रिय भक्‍त हो जसले जानकीको लागि आफ्नो प्राणको आहुति दिए, आफ्नो बली दिए । भगवान बडो प्रसन्न हुनुभयो जटायुलाई आफ्नो काखमा लिएर भन्नुभयो, 'भक्त तिमिले मेरो जानकीको लागि आफ्नो प्राण दाउमा लगायौ । तिम्रो यस अगाध निष्काम भक्तिबाट म निकै प्रशन्न छुँ । माग तिमिलाई के चाहिन्छ ।' जटायु भन्छन्,' प्रभु  तपाईसँग दिनको लागि केहि छैन फेरी के दिनुहुन्छ ?'

भगवान भन्नुहुन्छ,'होइन जटायु तिमि माग यदी तिमि जीवनदान माग्छौ भनेपनि म दिन तयार छू ।'

तर जटायु फेरी भन्छन्,'प्रभु तपाई मलाई के दिन सक्नुहुन्छ ? तपाईसँग केहि छैन मलाई दिनको लागि यसकारण म तपाईसँग केहि माग्दिन ।'

जटायुको कुरा सुनेर लक्ष्मणलाई क्रोध आयो । उनले सोचे,'प्रभु राम केहि माग्न भन्नुहुन्छ यस्तो अवसर त निकै कम प्राप्त हुन्छ, प्रभु स्वयं कसैलाई वरदान माग्नको लागि भन्दै हुनुहुन्छ तर जटायु भन्दैछन् कि तपाईसँग केहि छैन ।'

जटायुको कुरा सुनेर भगवान राम मुस्कुराउन थाल्नुभयो तब लक्ष्मणसँग सो कुरा रहेन । भने, 'जटायु तिम्रो यो पक्षीको बुद्धि कति संकुचित छ तिमि भगवानसँग भनिरहेका छौ कि महाराज तपाईसँग दिनको लागि केहि पनि छैन ?'

जटायु भन्छन्, ' लक्ष्मणजी कुरा यस्तो हो कि एक सेठलाई पुत्र लाभ भयो र सेठ निकै प्रसन्न छन् लड्डु बाडिरहेका छन् मानिसहरुलाई मिठाई दिइरहेका छन् । अब सोच्ने कुरा यो छ कि सेठको जुन सारा सम्पती छ त्यो सम्पतीको अधिकारी को हुनेछ कसले पाउनेछ त्यो सम्पती ?'

लक्ष्मणले भने, 'उसको छोरालाई नै मिल्नेछ, उसको छोरा नै उसको सबै सम्पतिको वारिस हुनेछ सारा सम्पतिको उत्तराधिकारी उ नै हुनेछ ।'

तब जटायुले लक्ष्मणलाई सम्झाए,' यी मेरा पिता हुन् म यिनको पुत्र हुँ र यिनको काखमा बसेको छुँ । अब यिनिसँग दिनको लागि के बचेको छ ?' यस प्रकार जो भक्त छ उसलाई सबै प्राप्त हुन्छ ।

तर आज त कुनै उपाधिको लागि भक्त बन्नेहरुको भिड लागेको छ । सोच्छन् मलाई कुनै पद मिल्नेछ । तर जो वास्तविक भक्त हुन्छ उसलाई पद सम्मान चाहिदैन उसलाई पद नमिलेपनि सेवा गरिरहन्छ । यदि हामी भक्ति, भजन, सेवा गर्छौ भने प्रभु एक दिन हामीलाई पनि आफू समान बनाउनुहुनेछ।  जस प्रकार भृ्गी आफ्नो स्पंदनको शक्तिले एक किरालाई पनि परिवर्तन गरेर आफू समान बनाउछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ