arrow

गुठी संरक्षकमाथिको सरकारी दमन सरकारको नांगो नाच – भीमसेनदास प्रधान

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
bhimsendas_pardhan1.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले गुठीको विषयलाई लिएर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका गुठी संरक्षक अभियन्तामाथि भएको सरकारी दमनलाई सरकारको नांगो नाचको संज्ञा दिएका छन् । 

काठमाडौं ६ बाट प्रतिनिधि सभा सांसदसमेत रहेका प्रधानले मत्स्योन्द्रनाथको भोटो देखाउने पवित्र दिन गुठी बचाउ अभियानका अभियन्तामाथि सरकारले ताकीताकी आक्रमण गरेर प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै सरकारी शैलीको विरोध गरेका हुन् । 

‘मत्स्येन्द्रनाथको भोटो देखाउने पवित्र दिन गुठी बचाउ अभियानका अभियन्तामाथि सरकारले ताकीताकी आक्रमण गरेर प्रदर्शनकारीलाई घाइते बनाएको छ, दमन  गरेको छ, नाङ्गो नाच देखाएको छ,’ प्रधानद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

उनले वर्तमान सरकारले काठमाडौंको स्थानीय परम्परा, संस्कृति बनिसकेको गुठीको सम्पत्तिलाई जग्गा व्यवस्थापनको नाममा प्राधिकरण जन्माएर सयौं वर्षदेखि चल्दै आएको गुठीको जग्गा हडप्न खोजेको समेत विज्ञप्तिमा भनेका छन् । 

‘हाम्रो स्थानीय परम्परा, संस्कृति बनिसकेको गुठीको सम्पत्तिलाई जग्गा व्यवस्थापनको नाममा प्राधिकरण जन्माएर सयौं वर्षदेखि चल्दै आएको गुठीको जग्गा सरकारले हडप्न खोजेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

काठमाडौं उपत्यका मन्दिरै मन्दिर र जात्रैजात्राको ऐतिहासिक नगरी रहेको भन्दै प्रधानले सरकारले ऐतिहासिक नगरीको ऐतिहासिक र सास्कृतिक धरोहर भत्काएर कुरूप बनाउन प्रयत्नशील रहेको समेत आरोप लगाएका छन् । 

उनले संविधान विपरीत, जनचाहना विपरीतको गुठी सम्वन्धी विधेयकलाई तत्काल फिर्ता लिन, शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपमा घाइते भएका सबैको सम्पूर्ण उपचार व्यहोर्न र जनताको सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन समेत सरकारसँग माग गरेका छन् । 

आइतबार माइतीघर मण्डलामा भएको गुठी जोगाउ अभियन्ताहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा तीन जना घाइते भएका थिए भने केहीलाई पक्राउ गरेको छ । 

उक्त क्रममा प्रहरीले पदर्शनकारीमाथि लात्ताले समेत हानेको थियो भने पानीको फोहरा फाल्नुका साथै लाठीले प्रहार गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ