arrow

गुठी संरक्षकलाई प्रहरीले लात्ता हान्नु गलत भयो – पम्फा भुषाल

शान्तिपूर्ण आन्दोलन गर्नेमाथि प्रहरीको छविलाई नकारात्मक सन्देश दिने गरी लात्ता हान्नु, लाठी हान्नु गलत हो

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
Pampha-Bhusal.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुषालले आफू गुठी बचाउन पर्छ भन्ने पक्षमा रहेको बताएकी छिन् । 

उनले भनिन्, ‘म गुठी बचाउन पर्छ भन्नेमा छु । सम्पत्ति संरक्षण गर्नुपर्छ । हिजोमात्र राष्ट्रपतिले रातो मत्स्येन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभयो । त्यो गुठीका कारण नै हो ।’ 

उनले गुठीले नै आफ्नो भाषा, संस्कृति संरक्षण र बचाउ गर्न सकेको भन्दै यसमा राज्यले सघाउनु पर्ने बताइन् । यो राज्यले गर्न नसक्ने पनि उनले स्पष्ट पारिन् ।

भुषालले भनिन्, ‘आइतबारको घटना राम्रो होइन । शान्तिपूर्ण आन्दोलन गर्नेमाथि प्रहरीको छविलाई नकारात्मक सन्देश दिने गरी लात्ता हान्नु, लाठी हान्नु गलत हो ।’ 

उनले ‘गुठी चलाएर बसेका गुठियारका माग के छन् भनेर छलफल नगरी यसरी विधेयक अगाडि बढाइनु हुँदैन । सरोकारवालासंग छलफल गरिनु पर्छ । आवश्यक संशोधन गर्नुपर्छ ।’, भनिन् ।  

सांसद भुषालले थपिन्, ‘जहाँ आवश्यकता छ त्यसैअनुसार गर्नुपर्छ । राम्रो अध्ययन र अनुसन्धान गरेर जहाँ खारेज गर्दा राम्रो हुन्छ त्यहाँ खारेज गरौं जहाँ संरक्षण नगरी हुँदैन त्यहाँ संरक्षण गरौं । सरकारले सहयोग गरोस् ।’

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी प्राधिकरण सम्बन्धी विधेयकमा सनातन संस्कृतिमाथि हस्तक्षेप गर्ने प्रावधानहरु रहेको भन्दै संस्कृतिप्रेमीहरुले आइतबार त्यसको विरोध गरेका हुन् । 

कुनैपनि पार्टीको झण्डा बिना नै सडकमा उत्रिएका उनीहरुमाथि प्रहरीले लात्तासहित एकाएक पानीको फोहोरा र लाठी बर्साउनुले राज्यको नियत प्रष्ट हुन पुगेको छ । 

यी समाचार पनि पढ्नुस्–

सरकारको नीति : धर्मप्रचारकलाई छुट, संस्कृति प्रेमीमाथि लाठी र बुट !

गुठी संरक्षकमाथिको सरकारी दमन सरकारको नांगो नाच – भीमसेनदास प्रधान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ