arrow

सरकारको नीति : धर्मप्रचारकलाई छुट, संस्कृति प्रेमीमाथि लाठी र बुट !

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
guthi-news.jpg

काठमाडौं । उपत्यकाको ललितपुर जिल्लामा विभिन्न आईएनजिओको बोर्ड भित्र तयार पारिएको धर्मप्रचारको योजना बोकेर हिँडेको क्रिश्चियन धर्म प्रचारकहरुका कारण हामीहरुको सनातन धर्म यतिबेला संकटमा छ । पछिल्लो समय ललितपुर जिल्ला धर्मपरिवर्तनको किल्ला बनेको छ । जहाँ धर्म परिवर्तनका हरेक योजनाहरु बुनिन्छन् । ललितपुरका कूल जनसंख्याको ८.६५% जनसंख्याले आर्थिक प्रलोभन या अन्य अन्धविश्वासमा परेर धर्मपरिवर्तन गरिसकेको एक रिपोर्टले जनाएको छ । 

यति हुँदासम्म पनि सरकारलाई यसबारेमा केही चासो छैन । मन्दिरै मन्दिरको शहर भनेर चिनिने काठमाडौं उपत्यका अब केही समयमा नै चर्च नै चर्चको शहर भनेर चिन्ने अवस्था हुन लागिसकेको छ । यसमा सरकारलाई केही चासो छैन । सनातन धर्म संस्कृति मास्नको लागि नेपालमै धेरै चर्च, मिसनरी स्कुल, बाइबल केन्द्र र आइएनजिओहरु सञ्चालनमा छन् । 

जनसंख्या अनुपातमा धेरै धर्मान्तरण धादिङको रुबीभ्याली गाउँपालिका हो । त्यस्तै मकवानपुर र धादिङका चेपाङ बस्तीहरु अब आफ्ना पुराना स‌ंस्कृतिहरु छाडेर चर्च धाउन थालिसकेका छन् । पहिले शतप्रतिशत बौद्धहरुको बस्ती रहेको धादिङको झार्लाङका सबैजना अहिले क्रिश्चियन भएका छन् । 

यसरी देश भरी नै क्रिश्चियन मिसिनरीहरुले पैसाको लोभमा जवर्जस्ती धर्मपरिवर्तन गर्नेलाई खुल्लमखुल्ला धर्मपरिवर्तन गराउने छुट दिने सरकारले आईतबार माईतीघर मण्डलामा आफ्नो संस्कृति जोगाउन आग्रह गर्दै शान्तिपूर्ण आन्दोलन गर्नेमाथि पानी मात्रै बर्साएन, लाठी र बुट समेत बर्साएको छ । प्रदर्शनी स्थलमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरु माथि प्रहरीले एकाएक हस्तक्षेप गरेको हो ।  

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी प्राधिकरण सम्बन्धी विधेयकमा सनातन संस्कृतिमाथि हस्तक्षेप गर्ने प्रावधानहरु रहेको भन्दै संस्कृतिप्रेमीहरुले यसको विरोध गरेका हुन् । कुनैपनि पार्टीको झण्डा विना नै सडकमा उत्रिएका उनीहरुमाथि प्रहरीले एकाएक पानीको फोहोरा र लाठी बर्साउनुले राज्यको नियत प्रष्ट हुन पुगेको छ ।

नेवारहरुको साझा संगठन नेवास् देय् दबूको संयोजनमा सो कार्यक्रम भएको थियो । सो कार्यक्रममा गुठियारहरु र अन्य सम्पदासम्बन्धी काम गर्ने संगठनले समेत सहभागिता जनाएको थियो । उनीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार सडकमा पल्टिएर विरोध गरेका थिए । 

उनीहरुले सरोकारवालाहरुले विधेयकमा उल्लेखित दफा २३ मा गुठी हक र दायित्व प्राधिकरणमा सर्ने, दफा २४ मा रहेको गुठियारको अधिकार स्वतस् खारेज हुने, दफा २५ मा गुठीको लगत पेश गर्नुपर्ने, दफा ५४ मा हक समाप्त हुने लगायत प्रावधानहरुले गुठी व्यवस्था नै संकटमा परेको बताएका छन्।

सम्पदाप्रेमी, कला संस्कृतिसँग सम्बन्धित क्षेत्रका जानकारहरु यो विधेयक विरुद्ध उत्रिएका छन् । यो विधेयकको कतिपय व्यवस्थाहरुले धार्मिक संस्थाहरूप्रतिको धार्मिक स्वतन्त्रतामाथि सङ्कुचन गर्न खोजेको, गुठीको जग्गा कतिपय भू माफियाहरूको सक्रियतामा निजी गुठीहरूको जग्गा व्यक्तिको नाममा बनाउने बाटो खोल्न लागेको र कतिपय सिद्धस्थल पुण्यभूमिहरूको धार्मिक परम्परा नष्ट गराई धार्मिक आस्था र श्रद्धामाथि प्रहार गर्ने काम भएको आरोप उनीहरुको छ ।

सो विधेयकको २४ नं दफाले देशभरी चलेका सम्पूर्ण सनातन धर्मको संरक्षण गर्न खुलेका संस्थाहरूमाथि नियन्त्रण गरि धार्मिक गतिविधिमा नियन्त्रण गर्ने काम गर्ने बुझाई उनीहरुको छ । त्यस्तै, परिच्छेद ९ को दफा ५६ को ९ नम्बर बुँदामा पनि सम्पदाप्रेमीहरुले आपत्ति जनाएका छन् । सो दफामा उल्लेखित विषयले भूमाफियाको खेलमा सबै गुठीका जग्गा मास्ने र भूमाफिया, नेता र व्यक्ति मोटाउन सक्ने उनीहरुको आरोप छ । यो व्यवस्थाले धार्मिक संस्थाको धार्मिक र सांस्कृतिक परम्परा नामेट भएर जाने आरोप समेत उनीहरुको छ ।  

यसरी गुठी प्राधिकरण सम्बन्धी विधेयकमा भने केही प्रावधानहरु सांस्कृतिक चालचलनमा समस्या हुने खालको देखिएको छ । यद्यपि यसमा पनि गुठी संस्थान भन्दा व्यवस्थित बनाउनको लागि ल्याईएको यो विधेयकमा धेरै प्रावधानहरु भने राम्रा पनि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ