arrow

मन्त्रीको गाडी खोलामा डुबेपछि...

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
raghubir-mahaseth.jpg

स्याङ्जा । सम्बन्धित क्षेत्रका मन्त्रीकै गाडी खोलामा डुबेपछि के होला । भयो त्यस्तै सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको छ । 

उनको बा २ झ ४०२९ नम्बरको गाडी डुबेको हो । सहरे खोलाको पुलको शिलान्यास गरी फर्केर खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको हो । 

गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको थियो । उनी सवार गाडी भने जेसिबीको सहायताले मात्र खोलाबाट बाहिर निकालिएको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ