लागुऔषध कारोबारीलाई पोखरामा प्रहरीको गोली, एक घाईते
प्रकाशित २०७६ जेठ २९ बुधबार
487
Shares
कास्की । लागु औषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि कास्कीमा एक जना घाईते भएका छन् । बुधबार दिउँसो १ बजेतिर पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागुऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले प्रहरीमाथि गोली चलाउने प्रयास गरेपछि प्रतिक्षाको लागि गोली चलाएको प्रहरीले जनाएको छ । जसमा गोविन्द थापा नामका एक व्यक्ति घाईते भएको प्रहरीले जनाएको छ ।