arrow

हराएका बुबाको ७० वर्षपछि काजकिरिया

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
kiriyas.jpg

दाङ । आफ्ना हराएका बुबाको ७० वर्षपछि काजकिरिया गर्दै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निवासी गेहेन्द्रबहादुर बस्नेत ।

गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न सुरु गरेका हुन्। बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा वि.सं. २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उनले बताए।

‘बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष भइसकेँ’, उनले भने, ‘बुबा हराएको ७० वर्ष भइसक्यो, अहिलेसम्म नफर्केकाले काजकिरिया गर्न लागेका हौँ।’

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरु गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने उनले बताए। बुबाको अहिले उमेर १ सय ३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उनले जानकारी दिए।

पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दु संस्कारअनुसार काजकिरिया गरिरहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ