arrow

योगी सरकारका सबै विज्ञप्ती संस्कृतमा, संस्कृत प्रचारका लागि बढाइयो खर्च

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
sanskrit_(2).jpg

लखनउ । संस्कृत भाषाको उत्थानको लागि योगी सरकारले एउटा अनौठो पहल गरेको छ । उत्तर प्रदेश सरकारले प्रदेश सरकारले हिंदी, अंग्रेजीका अलावा संस्कृत भाषामा समेत प्रेस नोट जारी गर्नको लागि प्रयास गरिरहेको हो । मुख्यमन्त्रीको निर्देशन पछि मुख्यमन्त्री कार्यालयले सूचना विभागलाई यस विषयमा निर्देशन दिएको छ । 

सोमवार प्रेस नोटको एक नमूना समेत जारी गरिसकेको छ । यसैगरी मुख्यमन्त्री योगी संस्कृत भाषामा प्रेस नोट जारी गराउने पहिला मुख्यमन्त्री बनेका छन् । उनले यो स्पष्ट गरेका छन् कि संस्कृतमा प्रेस नोट जारी गर्नुको अर्थ यो होइन कि हिन्दीमा विज्ञप्ती जारी गर्न बन्द होस् । 

फेब्रुअरी महिनामा लोकभवनमा उत्तर प्रदेश संस्कृत संस्थानमा सम्मान समारोहको आयोजन गरेका थिए । यसको अध्यक्षता गर्न पुगेका योगीले भनेका थिए कि मलाई आश्चर्य छ कि संस्कृत माध्यमिक परिषदको गठन विहान १७ वर्षपछि भयो । पूरा प्रदेशमा सबै विद्यालयमा संस्कृतको कार्यशाला अभियानको रुपमा चलाईयोस्। संस्कृत माता हुन्, उनी बुहारी र छोरी हुन सक्दिनन्।

संस्कृतसँग जोडिएको पाण्डुलिपीहरुलाई संग्रहित गर्नु र फेरि संस्कृतको विद्यार्थीहरुलाई शोधको लागि प्रेरित गर्नु पर्दछ । संस्कृत संस्थानको बजेट अहिले दुइगुना बढाइएको छ । संस्कृतको प्रचार प्रसारका लागि जति धनको जरूरत हुन्छ । त्यो हामी पूरा खर्च गर्न तयार छौं। 

यो पनि पढ्नुहोस् :

केन्द्रीय मन्त्री सहित दर्जन बढी लोकसभा सदस्यले लिए संस्कृत भाषामा सपथ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ