arrow

फेसबुकले गर्‍यो क्रिप्टोकरेन्सीको योजना पेश,  आर्थिक कारोबार सहज हुने विश्वास 

logo
एजेन्सी
प्रकाशित २०७६ असार ३ मंगलबार
facebook1.jpg

काठमाडौं । फेसबुकले अन्ततः मंगलवार आफ्नो क्रिप्टोकरेन्सीको योजना पेश गरेको छ । कम्पनीका अनुसरा नयाँ डिजिटल मुद्रा तयार गरिने र यसलाई बिटक्वाइन जसरी नै प्रयोग  गर्न सकिने बताइएको छ । 

यसबाट ई–कमर्स सेवालाई पनि बढावा मिल्नसक्ने बताइएको छ । साथै विज्ञापनको माध्यमबाट थप आम्दानीको पनि अवसर मिल्नसक्ने बताइएको छ । फेसबुकले यसका लागि पेपल, युबेर, स्पोर्टिफाइ, भिजा, मास्टरकार्डसमेत २८ कम्पनीसँग सहकार्य गरेको छ ।

फेसबुकको डिजिटल वालेट कालिबराको बारेमा पनि बताइएको छ । जसको माध्यमबाट विश्वभर भुक्तानी गर्नु निकै सहज हुनेछ । मानिसले फोटो पठाएको जसरी पैसा पनि पठाउन सक्नेछन् । 

अहिले फेसबुक विभिन्न किसिमको गोपनीयताको मुद्दाबाट अघि बढिरहेको छ । यस्तोमा फेसबुकले अघि सारेको याोजनाले बैंक, राष्ट्रिय मुद्रा र प्रयोगकर्ताको गोपनीयतामा खतरा हुनसक्ने बताइएको छ । फेसबुकले भने प्रयोगकर्ताको बैंकको विवरण र भुक्तानी सम्बन्धी सबै जानकारी सुरक्षित राखिने बताएको छ । 

फेसबुकका अधिकारी डेभिड मार्केसले कालिबराको माध्यमबाट विश्वका अर्बौं मानिससम्म खुला वित्तीय व्यवस्था पुग्ने सम्भावना रहेको बताए । 

कम्पनीले सन् २०२० सम्म यो मुद्रा सर्वसाधारणका लागि खुला गरिनेछ । यसको प्रयोग फेसबुक, वाट्सएप र इन्स्टाग्राममा पनि गर्न सकिन्छ । यसको माध्यमबाट फेसबुक म्यासेन्जरमा पैसा पठाउन र पाउन सकिन्छ । यसबाट पैसा पठाउनका लागि कुनै थप शुल्क लाग्ने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ