arrow

चौध वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचमा सीमित गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
facebook-mark-zuckerberg-0069.jpg
तस्बिर – फाइल ।

वासिङटन । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् ।

यो कानूनले सामाजिक सञ्जालमा खाता खोल्नको लागि १४ र १५ वर्षका बालबालिकाले अभिभावकको सहमति लिनुपर्ने व्यवस्था पनि गरेको छ ।

यसले ‘अभिभावकहरूलाई आफ्ना बच्चालाई सुरक्षित राख्न सहयोगी बन्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालमा बालबालिकालाई  अनुपयुक्त साइटहरूमा पहुँच रोक्नको लागि वेबसाइटहरूको आवश्यकता रहेको छ । सन् २०२५ जनवरी १ देखि यो विधेयक कार्यान्वयनमा आउनेछ । 

नयाँ कानूनसँगै अर्कान्सास, क्यालिफोर्निया, लुइजियाना, ओहायो र युटापछि  फ्लोरिडा सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने नियमहरू लागू गर्ने अर्को एक अमेरिकी राज्य बनेको छ । 

सामाजिक सञ्जालमा पहुँचसम्बन्धी यो कानुनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकालाई पार्ने नकारात्मक असरलाई रोक्नेछ वकिलहरूको तर्क रहेको छ ।

हालै पारित नयाँ कानूनले अन्य राज्यहरूमा पहिले नै चलिरहेको चुनौतीहरूको जस्तै कानूनी विरोधको सामना गर्नसक्ने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ