arrow

संसदमा प्रधानमन्त्री पहिले कि प्रतिपक्ष दल ? यस्तो छ देउवाको जवाफ 

logo
प्रकाशित २०७६ असार ४ बुधबार
oli-deuba.jpg.jpeg

काठमाडौं । सत्तारुढ र प्रतिपक्षीबीचको अखडाको रुपमा संसद परिचित छ । तर त्यही संसदलाई विवादको थलो बनाएर राजनीति गर्ने क्रम भने रोकिएको छैन । 

मंगलबार (असार ३ गते) पनि त्यस्तै भयो संसदमा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संवोधन गर्ने कुराको चर्चा भएपछि अब के होला भन्ने थियो । 

विशेषगरी बुधबार काठमाडौं उपत्यकामा गुठी विधेयकको विरोधमा स्थानीय नेवार समुदायले कृषि सामग्रीसहित नै सडकमा उत्रने चर्चा भएपछि सरकार डग्मगायो । 

विपक्षीलाई बैरी देखिरहने केपी शर्मा ओली नेतृत्वको सरकारले नेवार समुदायको सम्भावित त्यो विशाल र्यालीलाई धान्न सक्ने हैसियत देखेन र घुमाउरो पारामा प्रधानमन्त्री ओलीले प्रतिपक्षीलाई कटाक्ष गर्दै आफ्नो महान्ता प्रस्तुत गर्न खोज्दै थिए । 

प्रतिपक्षीले पनि आफ्ना कुराहरु सुनाउन चाह्यो । त्यसबाटै उत्पन्न भयो विवादको चुरो । प्रधानमन्त्रीले पहिलेदेखि नै संवोधन गर्ने भन्ने कार्यक्रम तय भएको भए सम्भवतः विपक्षीले आफ्नो नैतिकता देखाउँथ्यो । 

तर यसअघि प्रधानमन्त्रीले विपक्षीका प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो प्रश्नहरुको जवाफ दिन्न’ भनेकै थिए । फेरि प्रश्नको सामना गर्ने हैसियत उनले बनाउन खोजेनन् । 

त्यसैले उब्जियो विवाद । सत्ता र प्रतिपक्षले आफू नै सही भएको डंका पिटिरहे । 

नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बढूका अनुसार प्रधानमन्त्री संसदमा आउनु भन्दा अगाडि नै प्रधानमन्त्री आएपछि पहिले प्रतिपक्षी दलको नेताले बोल्ने अनि प्रधानमन्त्री भन्ने कुरा भएको थियो । 

तर प्रधानमन्त्री आएपछि सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीलाई बोलाइदिए । प्रतिपक्षीले बोल्न माग गर्दा खेरी पहिले प्रधानमन्त्रीले बोल्ने अनि प्रतिपक्षीले बोल्न पाउने भनेका थिए । 

तर ओली आफूले बोलेपछि फेरि प्रतिपक्षीको प्रश्नको जवाफ दिने भन्ने कार्यक्रम त तय भएको थिएन । प्रधानमन्त्रीले आफ्नो भनाइ राखेर हिँडेपछि कसलाई सुनाउने भन्ने प्रश्न अहम् थियो । 

सभामुखले प्रतिपक्षीलाई सुन्न नखोज्दा निम्तिएको त्यो घटनाले संसदमा प्रतिपक्षीमाथि गरिएको अपमान भएको भन्ने बुझाई नेता बढूको छ ।  

उनी भन्छन्, ‘एकैपटक हामीलाई प्रतिपक्षी दलको नेता बोल्न नपाउने भए भनेर जानकारी गराइयो । यो अपमान हो ।’

के भन्छन् देउवा ? 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद स्थगित भए लगत्तै संचारकर्मीहरुसंग बोल्दे भने, ‘प्रधानमन्त्रीले बोल्ने नभई प्रतिपक्षीलगायतले उठाएका विषयको प्रधानमन्त्रीले जवाफ दिने हो ।’ 

उनले प्रधानमन्त्रीले बोलिसकेपछि आफु बोल्नुको कुनै तूक नहुने भन्दै सदनमा जहिले पनि विपक्षीले पहिले बोल्ने हो, सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताए ।

देउवाले भने “प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो । पहिले उहाँले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थें नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?”

देउवाले अन्तर्राष्ट्रिय अभ्यास पनि यही नै भएको बताए । 

प्रधानमन्त्री ओलीले साँधे रीस
ओली पनि के कम उनले पनि संसदमा बोल्न नपाएको झोंक पोखे पत्रकार सम्मेलन गरी । उनले त्यो सम्मेलनमा देउवा नै गैरलोकतान्त्रिक भन्न भ्याए । काँग्रेसलाई अलोकतान्त्रिक पार्टी भन्न भ्याए । 

उनले नै संसदमा यसअघि नै काँग्रेसको अपमान गरिसकेका छन् । प्रतिपक्षीको अपमान गरिसकेका छन् । उनको मान्यता छ –मैले बोल्ने कुरा नै अन्तिम हुन् । कसैले प्रश्न गर्न पाउँदैन । बहुमतको सरकारलाई कसैले हस्तक्षेप गर्न पाउँदैन । मिडियाले पनि मैले जे चाहेको छु त्यस्तै गरोस् । सम्मानपूर्वक लेखोस् । मलाई ‘तपाई’ भनोस् ।’ यस्तै यस्तै । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ