नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै, के हो एजेण्डा ?
प्रकाशित २०७६ असार ७ शनिबार
690
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । शनिबार अपराह्न बालुवाटारमा बैठक सुरु भएको हो । बैटकमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओली सहितका नेता सहभागी छन्
पार्टीको केन्द्रीय कार्यविभाजनको बारेमा प्रधानमन्त्रीको युरोप भ्रमणअघि सहमति जुट्न नसकेपछि त्यो काम थाँती राखेर प्रधानमन्त्री ओली युरोप गएका थिए । उनी फर्किएपनि विभिन्न राजनीतिक झमेलाका कारण अहिलेसम्म बैठक बस्न नसकेको नेकपाका नेताहरुले बताएका छन् ।
शनिबारको सो बैठक केन्द्रीय कार्यविभाजनमा नै केन्द्रीत हुने नेकपा सचिवालयले जनाएको छ ।