arrow

लागू पदार्थ विरुद्ध राजधानीमा वृहत र्‍याली

logo
प्रकाशित २०७६ असार ११ बुधबार
manav-dharma-samiti.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले वृहत चेतनामुलक र्‍याली निकालेको छ ।  बुधबार मानव धर्म युवा संगठनको प्रमुख आयोजनामा गौशालादेखि बानेश्वर क्षेत्रमा वृहत चेतनामुलक र्‍याली निकालिएको हो ।

 प्रत्येक बर्ष सचेतनामुलक कार्यक्रम गर्दै आएको र्‍यालीमा नेपाल दशनामी युवा समिति, महानगरिय प्रहरी वृत गौशाला तथा सामुदायिक सेवा केन्द्र गौशाला क्षेत्रको समेत सहभागिता रहेको थियो ।
 
समाजमा युवाहरु लागू पदार्थ तथा कुलतको दल–दलमा फसेकोले चेतनामुलक जागरण गराउन आवश्यक देखिएकोले र्‍याली निकालिएको समितिकी बागमती क्षेत्रप्रमुख महात्मा लता बाइजीले बताइन् ।

 'भविष्यका कर्णाधार मानिने युवाशक्तिलाई सकारात्मक मार्गमा डोर्‍याउन ठुलो चुनौतिको रहेको छ ।' महात्मा लता बाइजीले भनिन्,' हामीले युवा लक्षित विभिन्न आध्यात्मिक सामाजिक कार्यक्रम गर्दै आएका छौं ।'

समितिले विगत पाँच दशक भन्दा लामो समयदेखि सनातन धर्मको संरक्षण, सबद्र्धन र प्रवद्र्धन गर्दै आएको छ ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउजे गरिन्छ । सो निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ । दिवसको एउटामात्र उदेश्य विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ