arrow

बालुवाटार जग्गा प्रकरण : बयानका लागि बोलाएका ८६ जनाको सूचीमा किन परेन विष्णु पौडेलको नाम ?

logo
प्रकाशित २०७६ असार ११ बुधबार
bishnu-poudel2.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको १ सय ४७ रोपनी जग्गा हडपेको मुद्दामा ८६ जनालाई बयानको लागि बोलाएको छ । बुधबार एक दैनिक पत्रिकामा नामावली सार्वजनिक गर्दै अख्तियारले उनीहरुलाई बयानको लागि बोलाएको हो । 

सो सूचना अनुसार बालुवाटारको २२९ रोपनी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुको मिलेमतोमा व्यक्तिको नाममा गैरकानूनी रुपले फिर्ता दिएको उजुरी अनुसार उनीहरुको बयान लिनु पर्ने भएकोले सूचना जारी भएको मितिले ७ दिन भित्र अख्तियारको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नको लागि भनिएको छ । 

तर अख्तियारले नेकपा महासचिव विष्णु पौडेल या जग्गा धनी विष्णु पौडेललाई भने बोलाएको छैन । उनको छोराको नाममा जग्गा भएको र यो प्रकरणमा निकै चर्चामा आएको नाम भएपनि उनको र उनको छोरा अनुसन्धानको दायरामा नरहेकोले उनलाई नबोलाइएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले पत्रिकामा नामावली सार्वजनिक भएकाहरु अख्तियारको अनुसन्धानको दायरामा रहेको र कुनैपनि माध्यमबाट अख्तियारले सम्पर्क गर्न नसकेकाहरु रहेको जानकारी दिए । यस सूचीमा नरहेकाहरु या त अख्तियारको छानविनको दायरा भित्र छैन या त उनीहरु सम्पर्कमा आएकोले उनीहरुको नाम नलेखिएको उनले बताए । अर्कोतर्फ अख्तियारले सो विवादित जग्गा पहिलो पटक व्यक्तिको नाममा गर्नेहरुलाई मात्रै छानविन गरिरहेको पनि उनले बताए । विष्णु पौडेलका छोरा नवीनको नाममा रहेको सो जग्गा पहिलो पटक नभएर त्यस भन्दा अघि पनि पटक पटक विक्रि भएर आएको बताइएको छ ।

अख्तियारले बयानको लागि बोलाएका व्यक्तिहरुको नामावली तल प्रस्तुत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ