arrow

मनलाई बुझ्न नसकेर विद्यार्थीहरुमा तनाव

केसीसीमा 'मनलाई कसरी नियन्त्रण गर्ने'

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
kcc-mind.jpg

काठमाडौं ।  बुद्धिको प्रयोग र ध्यानद्वारा मनलाई नियन्त्रण गर्न सकिने न्युरोलोजिस्ट तथा बरिष्ठ आध्यात्मिक चिन्तक डा. जयप्रकाश अग्रवालले बताएका छन् ।  शुक्रबार कान्तिपुर सिटी कलेज (केसीसी)मा विद्यार्थीहरुलाई आध्यात्मिक चिन्तक डा. अग्रवालले  मनलाई बुद्धिको वशमा राख्न सके जीवन सधै आनन्दमय हुने बताए ।

केसीसीको आयोजना र नेपाल मानव धर्म सेवा समिति सहआयोजनामा गरिएको कार्यक्रममा डा. अग्रवालले  'मनलाई कसरी नियन्त्रण गर्ने' शिर्षकमा प्रकाश परेका थिए ।

डेढ घण्टाको कार्यक्रममा डा. अग्रवालले विद्यार्थीहरुलाई मनलाई सही रुपमा नबुझ्नुको कारण आज विद्यार्थीहरुमा तनावमा रहेको बताए । उनले विद्यार्थीहरु आफ्नो भविष्य प्रति स्पष्ट  हुन नसकेको बताए ।

उनले भने, 'यदि मनलाई सहि दिशामा सही बानी दिन सके सम्पूर्ण जिन्दगीमा खुशी भएर जीवन बिताउन सकिनेछ । त्यो सहि समय भनेको विद्यार्थी जीवन हो । यस समय जस्तो वानी व्यवहार सिकायो, सारा जिन्दगी त्यही अनुरुप चल्ने गर्दछ ।'   

जीवन उपयोगी दर्शन , धर्म र बिज्ञानसँगको सम्बन्ध , सैदान्तिक र प्रयोगात्मक बिज्ञान बिचको भिन्नता आदि विषयमा डेढ घण्टाको व्यवहारिक प्रबचन दिदै   न्युरोलोजिस्ट डा. अग्रवालले समाज परिवर्तनका लागि आफुलाइ चिन्न नसक्नुनै ठूलो भुल हुने कुरा बताए । हरेक मानिस भित्र अपार क्षमता रहेको तर त्यस क्षमतालाई आफुले नबुझ्दा सारा विश्वपछि परेको बताए ।

उनले हरेक मानिस भित्र रहेको आफ्नो तेस्रो आँखा खोलेर मन नियन्त्रण गर्न सकिने बताए । जीवनलाई बुझ्न सके जीवन उज्यालो प्रकाशमय हुने भन्दै उनले सत्मार्गमा लागि आजैदेखि आफ्नो महत्वलाई बुझि आफ्ना सम्पुर्ण समस्याहरुलाई हलगर्न सकिने बताए।

डा. अग्रवालले कार्यक्रमको अन्त्यमा सहभागी  विद्यार्थीहरुलाई  आफ्नो जीवन परिवर्तन गर्न यहि कार्यक्रम जीवनको टर्निङ पोइन्ट बन्न सकोस भनी कामना समेत गरेका थिए । उनले  विद्यार्थीहरुलाइ भने, 'अझै पनि तिमिहरुको जीवनको अधिकांश समय बाकी छ, जीवनलाइ बुझे भबिष्य उज्ज्वल अवश्य हुनेछ ।'

कार्यक्रमका प्रशिक्षक डा. जेपी अग्रवाल बरिष्ठ अध्यात्मिक प्रचारक हुन ।  डा. अग्रवाल नेपाल, भारत, अमेरिका, क्यानाडा, साउथ अफ्रिका, जर्मन तथा अस्ट्रेलिया लगायतका विभिन्न अध्यात्मिक कार्यक्रमहरुमा प्रवचन दिदै हिन्दु धर्मलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्ने उनी धेरै भाषाका ज्ञाता समेत मानिन्छन् ।

उनले सहभागी विद्यार्थीलाई केन्द्रीत गरि मानिसको मन र मस्तिष्कको समायोजनको बारेमा प्रष्ट पारेका थिए । आफ्नो मस्तिष्कलाई कसरी नियन्त्रण राख्न सकिन्छ र जीवनमा सफलता प्राप्त गर्न कसरी  मनलाई बसमा राख्न सकिन्छ भन्ने तथ्यपरक बिचारलाई उदाहरणसहित उनले  प्रष्ट पारेका थिए ।

 सतपाल जी महाराजका वरिष्ठ सल्लाहकार समेत रहेका डा. अग्रवालले हिन्दु सनातन धर्म भित्र रहेका धार्मिक ग्रन्थहरुमा उल्लेखित रहेका तथ्यपरक मार्गदर्शनहरुलाई अपनाउन सके जीवन सहि अर्थमा सफल बन्ने बताउदै आएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ