arrow

प्रेममा बाधक बनेपछि छोरीले रचाइन् आमाको हत्या, १२ लाखको सुपारी

logo
प्रकाशित २०७६ असार १६ सोमबार
chri.JPG

भक्तपुर । आफ्नो प्रेममा बाधक बनेपछि एक छोरीले आफ्नी ६० वर्षीया आमा सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको खुलेको छ । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका  खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि दिउँसोमा भट्टराईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

 महानगरीय अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धानको क्रममा साबित्रीको हत्या उनकै कान्छी छोरी इश्वरी भट्टराईले गरेको खुलेको जनाएको हो । हत्या आरोपमा प्रहरीले इश्वरी, दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ पर्ने भारतीय नागरिकमा मोहम्मद नैसाफ, अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद राहिस रहेका छन्। मोहम्मद नैसाफ र इश्वरीबीच प्रेम सम्बन्ध रहेको र आमा सावित्री बाधक बनेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी थापाले जानकारी दिए ।

 छोरीले आमाको हत्याका लागि १२ लाख सुपारी दिएको र मोहम्मदले भारतबाट दुई जना झिकाएर हत्या गरेको प्रहरीले जनाएको छ।

आइतबार बिहान मोटरसाइकलमा आएका व्यक्तिले सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी सावित्रीको हत्या गरेको थियो। ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेड तले घरमा बस्दै आएकी भट्टराईको हत्या भएको हो ।

यो पनि पढ्नुहोस ।

ज्वाइँको घरमा बस्दै आएकी सावित्रीको घाँटी रेटेर हत्या



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ