arrow

स्वीस बैंकमा पैसा राख्नेमा बेलायती सबैभन्दा अगाडि, नेपाल १०९ औं स्थानमा

logo
प्रकाशित २०७६ असार १६ सोमबार
swiss-bank.jpg

ज्युरिच (स्वीट्जरल्याण्ड) । स्वीट्जरल्याण्डको बैंकमा पैसा राख्ने मामिलामा बेलायती सबैभन्दा अगाडि देखिएका छन् । स्वीस नेशनल बैंक (एसएनबी)को प्रतिवेदनअनुसार सन् २०१८ मा बैंकको कूल जम्मा भएको रकममा २६ प्रतिशत हिस्सा बेलायती व्यापारीको थियो ।

स्वीस बैंकमा पैसा राख्ने शीर्ष पाँच मुलुकमा अमेरिका पनि रहेको छ । त्यसपछि वेस्टइन्डिज, फ्रान्स र हङकङका नागरिकको पनि बैंकमा पैसा जम्मा गर्नेको सूचीमा अग्रस्थानमा नाम छ । यी पाँच मुलुकका नागरिकको बैंकको कुल जम्मामा ५० प्रतिशतभन्दा बढीको हिस्सा छ । शीर्ष १० मुलुकका नागरिकको जम्मा भएको रकम कुल जम्माको दुई तिहाई छ भने शीर्ष १५ मुलुकका नागरिकको बचतले ७५ प्रतिशतको हिस्सा ओगटेको छ । शीर्ष १० मुलुकमा बहामास, जर्मनी, लक्जेम्वर्ग, केम्यान आइल्याण्ड र सिंगापुर सामेल छन् ।

नेपाल यो सूचीको १०९ औं स्थानमा छ । अन्य दक्षिण एसियाली मुलुकमा भारत ७४, पाकिस्तान ८२, बंगलादेश ८९, श्रीलंका १४१, म्यानमार १८७ र भुटान १९३ स्थानमा छन् ।

यो सूचीमा अर्को मुलुकमा रहेको कम्पनीको नाममा पैसा जम्मा गर्ने व्यक्तिको गणना उसको वास्तविक मुलुकबाट गरिएको हुँदैन । कालोधन लुकाउन व्यापारीहरुले स्वीस बैंकमा पैसा जम्मा गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

स्वीस नेसनल बैंक स्वीट्जरल्याण्डको राष्ट्रिय बैंक हो। देशको बैंकको गोपनीयता सम्बन्धी कानून सन् १९३४ अनुसार बैंकमा रहेको खाताबारे कसैलाई पनि विवरण दिन बैंक बाध्य नहुले प्रावधानका कारण नै विश्वभरको कालोधनको केन्द्र बनेको छ स्वीस बैंक ।एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ