मोटरसाईकलमा आएका व्यक्तिले रुपन्देहीमा दिउँसै लुटे ४ लाख
प्रकाशित २०७६ असार १७ मंगलबार
319
Shares
रुपन्देही । रुपन्देहीमा लुटपाट भएको छ। जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ४ की रेशम कुमारी मल्लले लुम्बिनीस्थित कृषिविकास बैंकबाट निकालेको ४ लाख रुपैयाँ मोटरसाईकलमा आएका व्यक्तिले लुटेको बताएको प्रहरीले जनाएको छ।
अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी उनी चढेको इरिक्सामा ४ लाख लुटेको बताएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म भण्डारीले बताए।
गैडहवामा समूहको पोखरी मर्मतका लागि निकालेको रकम हुन सक्ने बताएको प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। लुटपाट भएको सुराक फेला नपरेकोले तत्काल लुटपाट हो या मिलेमतो हो भन्न नसकिने उनले बताए।