मदिरा पिएका वीरबहादुरले ढुङ्गा प्रहार गरि फुटाए गङ्गाको टाउको
प्रकाशित २०७६ असार २३ सोमबार
775
Shares
पोखरा । पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए
शवको परीक्षणपश्चात मृत्युको थप कारण जानकारी हुने उनले बताए । उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।