arrow

सप्तकोशी र कमलाले सतर्कता तह पार गर्यो, दिनभर घर छाडेर जान सुझाव

logo
प्रकाशित २०७६ असार २८ शनिबार
denger-jone1.jpg

काठमाडौं । सप्तकोशीले शनिबार विहान चतरा क्षेत्रमा सतर्कताको तह पार गरेको छ । विगत केहीदिनदेखिको अविरल बर्षाका कारण विभिन्न नदीहरुमा जलसतहले सतर्कता तह पार गर्ने क्रम जारी छ । यसै सन्दर्भमा शनिबार सप्तकोशीमा पनि चेतावनी सूचक घण्टी बजाईएको बाढी सूचना केन्द्रले जनाएको छ । 

केन्द्रले पानीको बहाब अझै बढ्न सक्ने भन्दै सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन भनेको छ । त्यस्तै, कमला नदीप्रभावित क्षेत्र धनुषा - तित्तरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनेहरुलाई शनिबार दिनभर आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान पनि बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ