arrow

ललितपुरको कोन्ज्योसोम र बागमती गाउँपालिकामा २ जनाको पहिरोले मृत्यु

logo
प्रकाशित २०७६ असार २८ शनिबार
lalitpur-map.png

ललितपुरको कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकामा पहिरोले पुरीएर २ जनाको ज्यान गएको छ। शंखुको खरीडाँडामा पहिरो जादा माइला लो का छोरा सन्दिप लोको मृत्यु भएको स्थानीय अस्मिता घिसिङले बताइन्।

खरिडाँडामा आएको पहिरोले सडकमा हिँडिरहेका लो माइलाको परिवारलाई नै बगाएको हो। पहिरोमा परी माइला र उनकी पत्नी र एक जना परिचय नखुलेकालाई पहिरोले बगाएको छ।

यसैगरी बागमती गाउँपालिकाको गिम्दीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। सीता राना नाम गरेकी महिलाको मृत्यु भएको गाउँपालिकाले जानकारी दिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ