arrow

भोकमरीको दर्दनाक कहानी, खाना दिन नसकेपछि आमाले घाँटी थिचेर मारिन् बच्चा

logo
प्रकाशित २०७६ असार २८ शनिबार
aaropi-aama.JPG

लखनउ । भारतको उत्तरप्रदेशमा एक आमाले आफ्नै बच्चालाई गला दबाएर मारेकी छिन् । उत्तरप्रदेशको कन्नौज जिल्लाको छिबरामऊ गाउँमा एक महिलाले बच्चालाई खानेकुरा दिन नसकेपछि घाँटी थिचेर मारेकी हुन् । भोकले चिच्याईरहेको बच्चालाई दिनको लागि उनीसँग केही पनि थिएन । जसको कारण उनले बच्चा मार्नु नै उत्तम विकल्प मानेर बच्चा मारिदिईन् । 

मृतक बालकको पोष्टमार्टमको क्रममा हत्या भएको पुष्टि भएको कुरा नवभारत टाईम्सले जनाएको छ । छिबरामऊ थानाका इन्स्पेक्टर बलराम मिश्राका अनुसार, पोस्टमार्टम रिपोर्टमा बच्चाको हत्या गरेको जानकारी भएपछि पूर्ण रिपोर्ट आधिकारिक रुपमा आएपछि कानूनी कारबाहीमा जाने तयारीमा आफूहरु रहेको उनले बताए । 

छिबरामऊका रुखसारका ३ बच्चाहरु छन् । मुम्बईमा नोकरी गर्ने पति शाहिदसँग उनको झगडा भएको थियो । यस कारण ४(५ महिनादेखि उनीमा एक रुपैयाँ पनि पठाउन छाडेका थिए । मुश्किल हालतमा उनले आफ्ना बच्चाहरुलाई पालन पोषण गर्दै आएकी थिईन् । केही महिना पहिले उनको ८ महिनाको छोरालाई रगतमा संक्रमण भयो । आफूसँग भएको सम्पत्ति र घरको सामान समेत बेचेर ९० हजार रुपैयाँ जुटाएर उनले त्यो बच्चाको उपचार गराईन् । छोराको उपचार गराएपछि उनीसँग एक रुपैयाँ पनि थिएन ।  

बिहीबार साँझ फेरि छोरालाई ज्वरो आएपछि उनी उपचारको लागि डाक्टरकोमा पुगिन् । तर, उनलाई उधारो दिन कुनैपनि मेडिकल पसले तयार भएनन् । त्यही समयमा बच्चा भोकले रोईरहेको थियो । बिहान करिब ६ बजे रुखसारले आफ्नो बच्चालाई पानीमा चिनी घोलेर पिलाएकी थिईन् । त्यसपछि त्यो बच्चा सुत्यो । साढे ८ बजेसम्म पनि बच्चा नउठेपछि उनको नजिकै रहनेवाला अरु परिवारका सदस्यलाई शंका लाग्यो । अरु बच्चाहरुले भने कि आमाले भाइलाई घाँटी थिचेर मारेकी हुन् । रुखसारले पनि ३ दिनदेखि बच्चालाई दूधको खोजी गर्दा समेत कतै पनि नपाएपछि घाँटी थिचेर मारेको बताईन् । आफूले खानेकुरा नहुँदा उनी आफैं पनि केही दिनदेखि भोकी थिइन् । जसका कारण उनले पनि बच्चालाई दूध खुवाउन सकेकी थिईनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ