arrow

भारतले मुसाचक बाँध नखोल्दा नेपालतर्फ डुबान, पानी 'ओभरफ्लो' हुन थाल्यो 

logo
प्रकाशित २०७६ असार २८ शनिबार
musachowk-badh.jpg

काठमाडौं । भारतले विहारमा पर्ने मुसाचक बाँध नखोल्दा रौतहटको नेपाल पट्टिको सीमा क्षेत्र डुबानमा परेको छ । विहारको सीतामणि जिल्लामा पर्ने बैरगनिया प्रखण्डको मुसाचकमा बागमती नदीमा लगाइएको बाँध भारतले नखोलेपछि त्यहाँ जोखिम बढेको हो । २०१७ मा पनि समयमा बाँध नखोलेका कारण बाँध टुटेर भारत पट्टीको दर्जनौं गाउँ डुबाएको थियो । 

पटक पटक आग्रह गर्दा पनि भारतले बाँध नखोलेको रोतहटबासीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अहिले पानीको बाँध माथिबाट पानी बग्न सुरु भएको छ । प्रहरीका अनुसार सदरमुकाम गौर लगायत छेउछाउका गाउँहरू डुबानको चपेटामा परेको छ । घर भित्र ५ देखि ७ फिट सम्म बाढीको पानी पसेको कारण कतिपय ठाउँमा खानाको लागि भोकभोकै बसेका छन्। अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।

घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ। पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला  प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका कार्यालय डुबानमा परेको छ।

राष्ट्रिय समाचार समिति कार्यालय डुबानमा परी कार्यालयका कोठामा चार फिटसम्म पानी जमेको र कागजात क्षति पुर्‍याउनुका साथै समाचार सप्रेषणमा समस्या उत्पन्न भएको छ । वर्षाका कारण नेपाल टेलिकमको टेलिफोन र मोबाइल अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ