arrow

'मानिसहरुले गीता, रामायण र भागवत बिर्सिए'

भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता वाचन

logo
प्रकाशित २०७६ असार २८ शनिबार
bhanubhakta-acharya1.jpg

काठमाडौं। नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको २०६ औँ भानु जयन्तीको अवसरमा नेपाल मानव धर्म सेवा समितिले उपत्यकाव्यापी कविता वाचन प्रतियोगिता गरेको छ।

भानुबाजे अर्थात भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका क्षेत्रहरु अनि नेपाली समाज भएका विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ। भानुभक्त कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय अझै जीवीतै छ। नेपाली साहित्याकाशमा भानुका रूपमा उदाएका भानुभक्तको जन्म वि.सं. १९७१ मा तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा भएको थियो।

भानु जयन्तीको अवसरमा भएको प्रतियोगितामा उपत्यकाका १० विद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । प्रतियोगितामा पाठशाला फाउण्डेशन बागडोलका प्रज्वल विक्रम थापा प्रथम, केएमसी स्कुल बुद्धनगरका आभुषण काफ्ले दोस्रो, आइडल इङलिस स्कुलका कृष्टीना श्रेष्ठ तेस्रो र मञ्जरी सेकेन्डरीका विनिता सिलवाल सान्त्वना भएका छन् । 

विजयी सबै विद्यार्थीलाई समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजी र बाग्मती क्षेत्र प्रमुख लता बाइजीले ट्रफी र मेडल प्रदान गरे । कार्यक्रममा भानुभक्त र घासीको संवादलाई नाटकिय रुपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा महात्मा चमेली बाइजीले भानुभक्तको जिवनीको चर्चा गर्दै नेपाली कला र साहित्यको विकासमा लाग्न प्रेरणा दिइन् । 

जतिबेला भाषाको बोली फुटेको थिएन, वाणीले स्वर पाएको थिएन। त्यति बेला नै भानुले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरे । रामायणबाहेक उनका बधूशिक्षा, भक्तमाला, रामगीता र प्रश्नोत्तरी नामक कृति प्रकाशित  छन् । महात्मा चमेली बाइजीले भनिन्,' नेपालीहरुले सरल भाषामा बुझुन् भनेर रामायण भनुभक्तले दु:ख गरेर बनाउनुभयो । तर आज दु:खको कुरो घर घरमा रामायण होला पनि तर पढ्ने वाला छैनन् । कसै कसैले दयामाया गर्नेले रातो कपडाले बेरेर ढोग्दो हो । नत्र धमीरा परेर पना पना छुटि रहेको होला, कहा परेको होला ।'

भानुभक्तको कवितामा देशप्रेम, देशभक्ति, मौलिकता र सुधारवादी चेतना पाइन्छ । कविता लेखी भानुभक्त नेपाली साहित्यका अमर प्रतिभा बनेर चम्किएका चर्चा गर्दै चमेली बाइजीले भनिन्,'शिक्षाको बिषयमा विद्यार्थीहरुले कविता बाचन गर्नु भयो । धर्म, मानवता र देशको लागि पनि गर्नुभयो । साचैँ आज समाजमा मानवता हराएको छ । नारीमाथि सम्मान छैन, गुरु माथि सम्मान छैन किनभने हामीले गीता, रामायण, भागवतबाट शिक्षा लिएनौ । कुनै ग्रन्थबाट शिक्षा लिएनौ तर पनि आजको  कार्यक्रममा कविता प्रस्तुत गर्ने युवा भाइबहिनीमा पनि भानुभक्तको जस्तै संस्कृति प्रतिको प्रेम रहेछ, देश प्रति प्रेम रहेछ र धर्म प्रतिको प्रेम रहेछ । खुशी लाग्यो यो भावनालाई अघि बढाउदै लानुपर्छ त्यसबाट नै देशले जिम्मेवार नागरिक पाउछ । हाम्रो तर्फबाट यहाँहरुलाई सहयोग रहनेछ।'  

कार्यक्रमका निर्णायक पशुपति क्षेत्र विकास कोषका बरिष्ठ निर्देशक प्रेम हरि ढुंगानाले भानुको प्रसंग सुनाउदै भने, 'एक कविता भानुभक्तले आफू थुनामा परेका बखत लेखेका छन् । मोतीरामका अनुसार वि.सं. १९०७ ताका भानुले तराईतिर दुई वर्ष सरकारी जागिर खाएथे । त्यसैबेला कुमारी चोकमा आई आफूले दुई वर्ष काम गरेको कागजपत्र र आम्दानी खर्चको स्याहा बुझाउँदा केही सरकारीया बाँकी लागेर यिनी पाँच महिनासम्म कुमारी चोकमा थुनिएछन् । उनलाई जेलमा उपहार स्वरुव जेलमा लामखुट्टे उपिया, उडुस्र् हालिएछ । सो जेलका जेलरले सोधेछन् कस्तो छ भानुक्त तिमिलाई भनेर त्यसै सन्दर्भमा उनले तत्कालीन प्रशासनिक ढिलासुस्तीलाई व्यंग्य प्रहार गरेको कविता एक टुक्रा सुनाउछुँ ।'

रोज् रोज् दर्शन पाउछू चरणको ताप् छैन मनमा कछू
रात्भ नाच् पनि हेर्र्छुखर्च नगरी ठूला चयनमा मछू।
लामखुट्टे उपिया उडुस्र् इ संगी छन् यिनकै लहड्मा बसी
लामखुट्टेहरू गाउँछन् यि उपियाँ नाच्छन् म हेर्र्छुबसी ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ