arrow

देउवालाई भेट्न महन्थ किन बुढानिलकण्ठ पुगे ?

समाजवादीलाई सरकार बाहिर ल्याउने प्रयास 

logo
प्रकाशित २०७६ असार २८ शनिबार
Mahanta-Thakur-400x250.jpg.jpeg

काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालाका नेता महन्थ ठाकुर केही दिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लामो कुराकानी गरेका छन्। उनी आफै देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।

देउवालाई भेट्न जाँदा ठाकुरले आफू निकट दुई नेता अनिल झा र राजकिशोर यादवलाई पनि लिएर गएका थिए। झा राजपाको अध्यक्ष मण्डलको संयोजक पनि हुन्। देउवा निवासमा सप्ताह पुराण भइरहेको बेला अपरान्ह करिब ६ वजेतीर राजपाका नेताहरु बुढानिलकण्ठ पुगेका थिए। करिब ८ वजेसम्म देउवा र राजपाका नेताहरुवीच कुराकानी भएको थियो। त्यस यता राजपाका र कांग्रेसका नेताहरुवीच पटक पटक अनौपचारिक कुराकानी भइरहेको छ।

राजपा स्रोतका अनुसार देउवासँग कुरा गर्न राजपा नेताहरुले चासो राखेका थिए। देउवासँग भेट्नु अघि राजपाका नेता राजकिशोर यादवले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र दिलेन्द्र बडूसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। देउवासँग भेटघाटको समय खाँणले मिलाएका थिए। राजपाका नेता राजकिशोर यादवका अनुसार देउवासँगको कुराकानीमा ओली सरकार निरकुंश बाटोमा अघि बढ्दै गएको र लोकतन्त्र, लोकतान्त्रिक मुल्य मान्यता समेत समाप्त हुने दिशामा पुगेको निष्कर्ष छलफलमा निकालिएको थियो। 
‘त्यसैले लोकतन्त्र जोगाउनु हाम्रो पहिलो प्राथमिकता हो। यसकोलागि सरकारको निरकुशं कार्यशैलीविरुद्ध कांग्रेस र राजपाले सशक्त रुपमा अघि बढ्नु पर्ने निष्कर्ष हाम्रो रह्यो।’यादवले भने। मधेस आन्दोलनको बारेमा छानविन गर्न लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न राजपाले उठाउदै आएको मागमा कांग्रेसले सहमति जनाएको यादवले बताए।

सरकारको निरकुंश कार्यशैलीविरुद्ध राजपासँग सहकार्य गर्ने निष्कर्षमा कांग्रेस पुगेको कांग्रेसका नेताहरुले पनि स्विकार गरेका छन्। शुक्रबार कांग्रेसका नेता खाँणले गरेको अन्तरक्रियामा खाँणले राजपा समेतको सहयोग लिएर मोर्चा बनाउने तयारी गरेको जनाएका थिए।

समाजवादीलाई सरकार बाहिर ल्याउने प्रयास
कांग्रेस र राजपा नजिकिदै गइरहेको बेला राजपाका नेताहरुले सरकारमा रहेको पार्टी समाजवादी पार्टीलाई सरकार बाहिर ल्याउन प्रयास सुरु गरेका छन्। शनिबार राजपा र समाजवादी पार्टीका दोश्रो तहका नेताहरुवीच अनौपचारिक कुराकानी भएको राजपा एक नेताले बताए। राजपा र समाजादी पार्टीवीच पार्टी एकीकरणको विषयमा पटक पटक कुराकानी भइरहेको छ।

राजपाले पार्टी एकीकरण गर्न समाजवादी पार्टीले सरकार छाड्नु पर्ने शर्त राखेको छ भने समाजवादी पार्टीका नेताहरुले सरकार छाड्ने-नछाड्ने विषयलाई लिएर पार्टी पार्टी एकीकरण प्रक्रिया नरोकिने जनाउदै आएका छन्। जुनसकुकै बेला पनि सरकार छाड्ने समाजवादी पार्टीका नेताहरु बताउछन्। तर तत्काल सरकार छाड्ने संकेत समाजवादी पार्टीका नेताहरुले देखाएका छैनन्।

राजपाका नेताहरुको बुझाई भने सरकारमा रहेको समाजवादी पार्टीलाई सरकार बाहिर ल्याउन सके सरकार विरोधी मोर्चा बलियो हुने छ। राजपाका एक पदाधिकारी भन्छन,‘तर उपेन्द्र यादवले तत्काल सरकार छाड्ने संकेत देखाउनु भएको छैन तर पनि हाम्रो प्रयास समाजवादी पार्टीलाई सकार बाहिर ल्याएर सरकार विरुद्धको मोर्चालाई सशक्त बनाउनु हो।’समाजवादीलाई पार्टीलाई सरकार बाहिर ल्याइ आन्दोलन सुरु गर्दा मधेसमा आन्दोलन प्रभावकारी हुने राजपाका नेताहरुको बुझाई छ।

राजपाका अर्का एक नेता भन्छन, समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइ पनि पार्टी सरकार बाहिर गइ पार्टीलाई सरकार विरोधी मोर्चामा उभ्याउन चाहनुन हुन्छ। तर उपेन्द्रजी भने तत्काल सरकार छाड्न हिचकिचाउनु भएको छ।’

गत हप्ता समाजवादी पार्टीका अध्यक्ष यादव जनकपुर गएको बेला यादव र राजपाका नेता राजेन्द्र महतोवीच लामो कुराकानी भएको थियो। उक्त कुराकानीमा पनि महतोले यादवलाई तत्काल सरकार छाडी सरकार विरोधी आन्दोलनमा सहभागी हुन आग्रह गरेको महतो निकट एक नेताले बताए। ती नेताका अनुसार यावदसँगको भेटमा महताको भनाइ थियो,‘अहिले ओली सरकार विरुद्ध सबैतीर असन्तुष्टि बढ्दै गएको छ। यस्तो बेला पनि नेपाली कांग्रेस चुप लागेर बसेको छ। त्यसैले हामी एक भइ आन्दोलनमा गयौ भने हाम्रो आन्दोलन सफल हुन्छ।’

आगामि कात्तिकमा राजपाको महाधिवेशन हुँदै छ। महाधिवेशन पछि राजपा एकल नेतत्वमा जाँदै छ। राजपा एकल नेतृत्वमा गयो भने पार्टी एकीकरण गर्न सजिलो हुने समाजवादी पार्टीका नेताहरुको बुझाई छ। महाधिवेशन पछि राजपाको अध्यक्षमा ठाकुर र महतो मध्ये एक जना हुने सम्भावना छ।

‘त्यसपछि समाजवादी पार्टीले पनि सरकार छाड्ने छ र पार्टी एकीकरण प्रक्रिया निष्कर्षमा पुग्ने छ।’समाजवादी पार्टीका एक पदाधिकारीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ