arrow

नेपालले आग्रह गर्दा नखोलेको बिहारको बाँध पानीले भत्कायो, १२ गाउँ डुबानमा

logo
प्रकाशित २०७६ असार २८ शनिबार
bagmatima-badh.JPG

सीतामढी । नेपालको जिल्ला प्रशासन कार्यालय रौतहटले पटक पटक गरेको आग्रहमा पनि बाँध खोल्न आनाकानी गरेको बिहारको सीतामढीमा पानीले नै बाँध टुटाइदिएको छ । बिहारको सीतामढी जिल्लामा बागमती नदीको बाँध टुटेको हो । सुप्पी प्रखण्डको जमला गाउँ नजिक रहेको सो बाँध टुट्दा त्यसभन्दा तल्लो भागका एक दर्जन बढी गाउँहरु डुबानमा परेको भारतीय सञ्चार संस्था दैनिक भास्करको बिहार अनलाईन संस्करणले जनाएको छ । 

सुप्पीलाई सीतामढीसँग जोड्ने सडकमा पानी बगिरहेको छ । सीतामढीबाट त्यहाँ आउनेकुनैपनि साधन छैन । न त नाउको व्यवस्था छ न त फसेका मानिसहरुको उद्दारको लागि कोही मानिसहरु आएका छन् । मानिसहरु उच्च स्थानमा बसेका छन् । सीतामढी र नेपाल जोड्ने सडक पनि यस अघि (एनएच १०४) मा पनि भीषण बाढी चलिरहेको छ । भिट्ठामोड नजिक दुई तीन फिटसम्म पानी सडकमा बगिरहेको छ । अहिले एसडीआरएफको टीम सीतामढी पुगेको उल्लेख छ । 

उता बाँध फुटेपछि रौतहटमा भने पानीको सतह कम भएको छ । बाँध फुटेपछि सदरमुकाम गौरमा पानीको मात्रा ४ इन्चसम्म छटेको स्थानीयहरुले जनाएका छन् । उता भारतको बिहारमा भने ७ दिनसम्मको लागि विद्यालय बन्द गरिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ