arrow

खहरेले बगाएको वृद्धको उद्धार

logo
प्रकाशित २०७६ असार २९ आइतबार
chake-khola.jpeg

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ ।

नाम, थर नखुलेको अन्दाजी ४५ वर्षका वृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो ।

चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर पढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

हालैको बाढीपहिरोमा परी हालसम्म मकवानपुरमा तीन जनाले गुमाएका छन् । गत बिहीबारदेखि परेको निरन्तर वर्षाले मकवानपुरको थाहा नगरपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा बाढीपहिरोमा परी एक-एक जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ